नेप्सेमा ३ कम्पनीको १६ लाख ३ हजार २७९ कित्ता बोनस सेयर सुचिकृत, कुन कम्पनीको कति ?

काठमाडौं - नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा ३ कम्पनीको १६ लाख ३ हजार २७९ कित्ता बोनस सेयर सूचीकृत भएको छ । मंगलबार नेप्सेमा बोनस सेयर सुचिकृत भएको कम्पनीहरुमा आरएसडीसी लघुवित्त, रिडी हाइड्रोपावर र आरएमडीसी लघुवित्त रहेको छ  ।

आरएसडीसी लघुवित्तको ५ लाख ७५ हजार ९२० कित्ता बोनस सेयर सूचीकृत भएको छ । संस्थाले पुस २७ गते वार्षिक साधारण सभा गरी १०% बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।

यता, रिडी हाइड्रोपावरले पनि ३ लाख ६३३ कित्ता बोनस सेयर सूचीकृत गराएको छ । यसले असोज २० गते साधारण सभा गरी ६% बोनस सेयर पारित गरेको हो । यस्तै, आरएमडीसी लघुवित्तको पनि १०% ले हुने ७ लाख २६ हजार ७२६ कित्ता बोनस सूचीकरण भएको छ ।
प्रकाशित मिति : Tuesday, April 09, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal