×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

शाइन रेसुंगा डेभलपमेन्ट बैंकको खुद नाफा ३१.०७% ले वृद्धि, कति भयो खुद ब्याज आम्दानी ?

काठमाडौं – शाइन रेसुंगा डेभलपमेन्ट बैंकको आर्थिक वर्ष २०७५/७६को तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार बैंकको खुद नाफा ३१.०७% वृद्धि गरेर ३१ करोड ९ लाख ३ हजार रुपैयाँ कमाएको छ । गत वर्ष यसै अवधिमा बैंकले २३ करोड ७२ लाख रुपैयाँ रहेको खुद नाफा कमाएको थियो । 
बैंकले खुद ब्याज आम्दानी र सञ्चालन नाफा क्रमश: ३६.१०% र ३८.७२% ले वृद्धि भएको छ । बैंकले यो तेश्रो त्रैमासमा खुद ब्याज आम्दानी ६३ करोड ९८ लाख १५ हजार रुपैयाँ र सञ्चालन नाफा ४८ करोड ५६ लाख ७७ हजार रुपैयाँ पुगेको हो । 
बैंकले निक्षेप १६ अर्ब ९८ करोड ६९ लाख ९३ हजार रुपैयाँ संकलन गरी  १५ अर्ब २९ करोड ९९ लाख १० हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । हाल बैंकको चुक्ता पुँजी १ अर्ब ६२ करोड २६ लाख ६५ हजार रुपैयाँ छ भने जगेडा कोषमा ६४ करोड २३ लाख ५८ हजार रुपैयाँ जम्मा भएको छ ।
बैंकको खराब कर्जा ०.१९% रहेको छ भने प्रतिसेयर आम्दानी २५ रुपैयाँ ५५ पैसा र प्रतिसेयर नेटवर्थ १३९ रुपैयाँ ५९ पैसा रहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: