×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सनराइज बैंक ‘अर्बपति क्लब’मा, खुद नाफा १ अर्ब २२ करोड माथि

काठमाडौं – सनराइज बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार अब बैंक अरबपतिको सूचीमा उक्लिएको छ । बैंकले खुद नाफा ३०.१४% ले वृद्धि गरेर १ अर्ब २२ करोड ६० लाख ९८ हजार रुपैयाँ पुर्याएको छ ।  गत वर्ष यहि अवधिमा बैंकले ९४ करोड २१ लाख २२ हजार रुपैयाँ नाफा कमाएको थियो । 
बैंकको खुद ब्याज आम्दानी र सञ्चालक नाफा क्रमश: ३७.६५% र  १८.५४% ले वृद्धि भएको छ ।  गत वर्षको १ अर्ब ९२ करोड ५ लाख ३४ हजार रुपैयाँ खुद ब्याज आम्दानीबाट बढेर यस वर्ष २ अर्ब ६४ करोड ३७ लाख ७२ हजार रुपैयाँ पुर्याएको छ । साथै, सञ्चालन नाफा १ अर्ब ४७ करोड ९४ लाख १ हजार रुपैयाँबाट बढेर १ अर्ब ७५ करोड ३७ लाख ९२ हजार रुपैयाँ पुर्याएको छ । 
बैंकले तेस्रो त्रैमास सम्म ७१ अर्ब ९१ करोड ५६ लाख ९ हजार रुपैयाँ निक्षेप संकलन गरेर ६८ अर्ब ८१ करोड ५३ लाख २७ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकको चुक्ता पुँजी ८ अर्ब १५ करोड २५ लाख ५५ हजार रुपैयाँ रहेको छ भने जगेडा कोषमा २ अर्ब ४३ करोड ३६ लाख ३३ हजार रुपैयाँ रहेको छ ।
बैंकको खराब कर्जा १.३७% रहेको छ भने प्रतिसेयर आम्दानी २० रुपैयाँ ५ पैसा र  प्रतिसेयर नेटवर्थ १४४ रुपैयाँ ५५ पैसा रहेको छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: