ललितपुरकाे ठेंचोमा सनराइज बैंकको नयाँ शाखा सञ्चालन, महर्जन र तातेडद्वारा उद्घाटन

ठेंचोकाठमाडौं - सनराइज बैंकको नयाँ शाखा ललितपुरस्थित ठेंचो विस्तार भएको छ । औपचारिक कार्यक्रमका साथ गोदावरी नगरपालिकाको मेयर गजेन्द्र महर्जन र संचालक समितिका सदस्य ई.बच्छराज तातेडले उक्त शाखाको संयुक्त रूपमा उद्घाटन गरेका हुन् ।

सो कार्यक्रममा संचालक समितिका सदस्यहरु ओमकृष्ण जोशी, शारदा शर्मा पुडासैनी, नायव महा प्रबन्धक अपछकुमार यादव लगायत बैंकका उच्च पदाधिकारीहरू उपस्थिति रहेको थियो ।

बैंकको शाखा संख्या १०४ वटा पुगेको छ भने २८ वटा शाखारहित बैंकिङ्ग सेवा, ४ वटा एक्सटेन्सन काउण्टर, ११९ वटा एटिएम मार्फत आफ्ना ५ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।
प्रकाशित मिति : Monday, April 01, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal