×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

स्वदेशी लघुवित्तले गर्यो कमालको प्रगति, खुद नाफा ९२.३३% वृद्धि हुनुमा यस्ता छन् कारण

काठमाडौं – स्वदेशी लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७५/७६ को तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार संस्थाको खुद नाफा ४ करोड ८१ लाख ७१ हजार रुपैयाँ कमाएको छ । यो नाफा गत वर्षको तुलनामा ९२.३३% ले धेरै हो ।  गत वर्ष यही अवधिमा संस्थाको खुद नाफा २ करोड ५० लाख ४५ हजार रुपैयाँ मात्र आर्जन गरेको थियो ।
यो तेश्रो त्रैमासमा संस्थाले खुद ब्याज आम्दानी ५३.३५% वृद्धि गरेको छ । संस्थाको खुद ब्याज आम्दानी १६ करोड १८ लाख ६७ हजार रुपैयाँ रहेको छ भने सञ्चालन नाफा पनि ९३.७८% ले बढोत्तरी गरेर ७ करोड ६२ लाख ६६ हजार रुपैयाँ पुर्याउन सफल भएको छ । संस्थाको खुद ब्याज आम्दानी र सञ्चालन नाफा वृद्धि भएको कारणले गर्दा खुद नाफा बढाउन सफल भएको देखिन्छ। 
संस्थाले ९१ करोड २९ लाख ९५ हजार रुपैयाँ निक्षेप संकलन गरेर ३ अर्ब ४ करोड ९० लाख ३ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।संस्थाको चुक्ता पुँजी २३ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा १५ करोड ९६ लाख १७ हजार रुपैयाँ जम्मा भएको छ ।
यता, खराब कर्जा १.९% रहेको छ भने प्रतिसेयर आम्दानी (वार्षिक) ३३ रुपैयाँ ९१ पैसा र प्रतिसेयर नेटवर्थ १६९ रुपैयाँ ४० पैसा छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: