×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

अब टिभिएसका बाईक र स्कुटर दराजमा पनि पाईने, १० हजार छुट

काठमाडौँ – नयाँ बर्षमा टिभिएस किन्न ईच्छुक ग्राहकहरुलाई खुशीको खबर छ । १० अप्रिलमा जगदम्बा मोटर्स प्रालिका भाईस प्रेसिडेन्ट दीपक अग्रवाल र दराज अनलाईनका व्यवस्थापकीय निर्देशक लिनो एलेरिङ् बीच भएको एउटा सम्झैता अनुसार अब दराज अनलाईनबाट टिभिएसका मोटरसाईकल र स्कुटरहरु खरिद गर्न सकिने छ ।
नयाँ बर्षको सुरुवातमा ल्याईएको यस अफरमा काठमाडौँ ग्राहकहरुले दराजबाट कुनै पनि टिभिएसका बाईक वा स्कुटर किन्दा रु १० हजारको छुट पाउने छन । समित अबधिको लागि दिईएको छुट पहिलो १०० जना ग्राहकहरुका लागि मात्र लागू हुनेछ । अनलाईन ब्यापारको माहोल राम्रो बन्दै गएको नेपालमा बाईकहरु पनि अनलाईनबाट किन्न पाउनु नौलो प्रयोग हुनेछ। यसको व्यापकता आउनेदिनहरुले देखाउने नै छन ।
जगदम्बा मोटर्स, दुइ तथा तिन पाङ्ग्रे सवारीको उत्पादक टिभिएस मोटर कम्पनिको नेपालभरिकै एकमात्र अधिकृत विक्रेताहो । नेपालमा वस्तु तथा सेवाको विद्युतीय कारोबार प्रणालीको विकासमा नेतृत्वदायी भूमिकामा रहेको दराज ग्रुप, दक्षिण एसियाका देशहरुपाकिस्तान, बंगलादेश, नेपाल, श्रीलंका र म्यानमारमा सेवा दिँदै आएको छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: