×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

युनाइटेड फाइनान्सको उकालो लाग्ने प्रयास, खुद नाफा ०.९३% ले वृद्धि

काठमाडौं – युनाइटेड फाइनान्सले आर्थिक वर्ष २०७५/७६को तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक भएको विवरण अनुसार कम्पनीले खुद नाफा ०.९३% वृद्धि गरेर ५ करोड १२ लाख ४८ हजार रुपैयाँ कमाएको छ । गत वर्ष यही अवधिमा कम्पनीको खुद नाफा ५ करोड ७ लाख ७४ हजार रुपैयाँ मात्र रहेको थियो ।
कम्पनीले खुद ब्याज आम्दानी २९.६०% बढाएर २० करोड ६३ लाख ४६ हजार रुपैयाँ आर्जन गरेको छ । त्यस्तै, सञ्चालन नाफा पनि १२.२४% ले बढोत्तरी गरेर ५ करोड ३९ लाख ९८ हजार रुपैयाँ पुर्याएको छ। 
कम्पनीले निक्षेप ६ अर्ब २६ करोड ७ लाख ३७ हजार रुपैयाँ संकलन गरी ५ अर्ब ५२ करोड १९ लाख ५६ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । कम्पनीको  चुक्ता पुँजी १ अर्ब १ करोड ५ लाख १९ हजार रुपैयाँ पुगेको छ भने जगेडा कोषमा ४२ करोड १९ लाख ४३ हजार रुपैयाँ जम्मा भएको छ ।
कम्पनीको खराब कर्जा १.१८% रहेको छ भने प्रतिसेयर आम्दानी ६ रुपैयाँ ७६ पैसा र प्रतिसेयर नेटवर्थ १४१ रुपैयाँ ७६ पैसा छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: