×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

विजय लघुवित्तले गर्यो आकर्षक प्रगति, खुद नाफा १३९.८३% ले वृद्धि हुनुमा यस्ता छन् कारण

काठमाडौं – विजय लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार संस्थाले खुद नाफा १३९.८३% वृद्धि गरि ३ करोड ७० लाख ३३ हजार रुपैयाँ कमाउन सफल भएको छ । गत वर्ष संस्थाले १ करोड ५४ लाख ४१ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । 
संस्थाको खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुवै वृद्धि गरेको छ । जस कारणले गर्दा खुद नाफा पनि वृद्धि भएको हो । गत वर्ष ७ करोड ९ लाख ३१ हजार रुपैयाँ खुद ब्याज आम्दानी रहेको संस्थाले यस वर्ष ५६.२५% ले बढाएर ११ करोड ८ लाख ३० हजार रुपैयाँ पुर्याएको छ । साथै, सञ्चालन नाफा पनि २०३.५०% ले बढेर ५ करोड ११ लाख ९८ हजार रुपैयाँ पुगेको छ । गत वर्ष यसले १ करोड ६८ लाख ६९ हजार रुपैयाँ सञ्चालन नाफा कमाएको थियो । 
यो तेश्रो त्रैमाससम्म आउँदा संस्थाले जगेडा कोषमा ६ करोड ५८ हजार रुपैयाँ राखेको छ । यो गत वर्षको भन्दा ८६.१५% ले बढी हो । गत वर्ष बैंकको जगेडा कोषमा ३ करोड २२ लाख ६२ हजार रुपैयाँ रहेको थियो । यता, संस्थाको खराव कर्जा ०.२६% ले घटेर २.५४% कायम भएको छ भने प्रतिसेयर आम्दानी २५ रुपैयाँ ३५ पैसा र प्रतिसेयर नेटवर्थ १ सय ३० रुपैयाँ ८३ पैसा छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: