×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

प्रहरीले खोजिरहेको ठगीका अभियुक्त अजयकुमार मिश्र युनाइटेड फाइनान्समा सीइओ नियुक्त !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – सिद्धार्थ डेभलोपमेन्ट बैंक (हालको जनता बैंक)को ठगी काण्डमा मुछिएपछि प्रहरीले किर्ते मुद्धा नमस्कार चलाएर खोजीरहेको अजय मिश्रलाई युनाइटेड फाइनान्स लिमिटेडले सीइओ पदमा नियुक्त गरेको छ । सुनन्दबहादुर श्रेष्ठले राजीनामा दिएपछि उनलाई सीइओ बनाइएको थियो । 
मिश्र सिद्धार्थका सीईओ हुँदा उनी र शाखा प्रबन्धक मिलेर भिरपाखोलाई पिच बाटो भन्दै नक्कली कागजपत्र बनाएर २ करोेड २५ लाख रकम निकालेको तथ्य केहि दिन अगाडी फेला परेको थियो । उनी र तिनकुने शाखा प्रमुख गीता शर्मा सुवेदीलगायतका कर्मचारीहरुको मिलेमतोमा कृष्ण चौधरीको नामबाट २०७३ साल असार २९ मा कर्जा निकालिएको प्रहरीको अनुसन्धानबाट खुलासा भएको छ । 
तिनकुने शाखा प्रमुख सुवेदी, नक्कली जग्गाको मुल्यांकन गर्ने सञ्जय दुधानी, कर्जा शाखाकी अनुजा डंगोल, लिलावती चौलागाईँ र कर्जा समितिमा रहेका सीईओ अजयकुमार मिश्र, सुजन सुवेदी, रबी शाक्य र मुकुन्द त्रिपाठी मिलेर काठमाडौं इचंगुनारायण १ मा कित्ता नम्बर १६७,१६९,१८८८ र १८९ को भिरमा रहेको अर्को ब्यक्तिको जग्गालाई कृष्ण चौधरीको नाममा नक्कली कागज बनाएर उक्त कर्जा प्रवाह गरेका थिए । यो अनुसन्धान सुरु भएको र केहि कर्मचारीहरुलाई बैंकले सस्पेन्ड गरेको खबर अर्थ सरोकार डटकमले यस अघि नै ब्रेक गरेको थियो । 
तत्कालीन सिद्धार्थ डेभलोपमेन्ट बैंकका सीइओ मिश्र, शाखा प्रमुख सुवेदीलगायतकालाई प्रहरीले सरकारी सहिछाप किर्तेमा मुद्धा चलाएको छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: