×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

‘नेपाली पूँजी बजारमा विदेशी लगानीकर्ता भित्र्याउँछौं’ : अर्थमन्त्री डा. युवराज खतिवडा (भिडियोसहित)

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- अर्थमन्त्री डा. युवराज खतिवडाले पूँजी बजारमा पनि विदेशी लगाउने भित्र्याउने योजना अघि सार्नु भएको छ । अर्थमन्त्री खतिवडाले वित्तीय र मौद्रिक उपकरणको विस्तारका लागि पनि पूँजी बजारमा विदेशी लगानी भित्र्याउन लागिएको पनि स्पष्ट पार्नु भयो । 
नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान) को आयोजनामा बिहीबार भएको साफा कन्फेरेन्सको उद्घाटन गर्दै उहाँले पूँजी बजारको विस्तार र यसको खुलापनको लागि दक्षिण एशीयाली राष्ट्र अलि पछि परेको उल्लेख गर्दै त्यसमा पनि विदेशी लगानी आवश्यक रहेकोे तर्क पनि गर्नु भयो । अर्थमन्त्री खतिवडाले नेपालसहित दक्षिण एशीयाली मुलुकहरुले विदेशी लगानी आकर्षित गरिरहेको उल्लेख गर्दैै नेपालको पनि जलविद्युत क्षेत्र विदेशी लगानीका लागि आकर्षणको केन्द्र बन्दै गएको पनि जानकारी दिनुभयो ।
अर्थमन्त्री खतिवडाले नेपाल लगानीका लागि उपयुक्त थलो रहेको पनि दोहो¥याउनु भयो । उहाँले लेखा परीक्षणको कामला ई स्तरोन्नति गर्दै लैजाने प्रतिवद्धता पनि व्यक्त गर्नु भयो ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: