×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

EXCLUSIVE : सिद्धार्थ डेभलपमेन्ट बैंकको ‘जग्गा काण्ड’मा यसरी बनेको थियो २ करोड घोटालाको ‘माष्टरप्लान’ !

  • मनोज आत्मीय / सुरज प्याकुरेल 
काठमाडौँ- जनता बैंक लिमिटेडका पूर्व डेपुटी सीइओ अजयकुमार मिश्र करोडौं रुपैयाँको घोटालामा संलग्न रहेको पाइएको छ । जनता बैंकसँग मर्ज हुनुअघि सिद्धार्थ डेभलोपमेन्ट बैंकका सीइओसमेत रहेका मिश्रले बैंकका तत्कालीन शाखा प्रमुख गीता शर्मा सुवेदी, सञ्जय दुधानी, अनुजा डंगोल, लीलावती चौंलागाई, सुजन सुवेदी, रवि शाक्य, मुकुन्द त्रिपाठी, कृष्ण चौधरी, रमेश चौधरी र मिलन विष्टसँगको मिलेमतोमा बैंकको २ करोड २५ लाख २४ हजार ५ सय ५३ रुपैयाँ रुपैयाँ घोटाला भएको पाइएको हो । निकै कम मूल्यको भीरपाखाको जग्गालाई पिचबाटो भएको निकै सुन्दर जग्गा भनी नक्कली कागजपत्र बनाएर बैंककै मिलेमतोमा घोटाला गरेको पाइएको हो ।तत्कालीन इचङ्गुनारायण गाविस–१ को कित्ता नम्बर १६७, १६९, १८८ र १८९ को पाखो जग्गालाई ‘जग्गा वरपर थुप्रै घरहरु रहेको ठाउँमा, पिचबाटो भएको समथर ठाउँमा अवस्थित…।’भन्ने बनाएर कर्जा निकालिएको रहस्य बाहिर आएको हो । सबैको सेटिङमा यसरी कर्जा निकालिएको थियो । 
कस-कसले के गरे ?
सबैको मिलेमतोमा बैंकबाट कर्जा लिइयो । तत्कालीन सीइओ अजयकुमार मिश्रको ग्राण्ड डिजाइनमा नक्कली कागजातहरु बनिसकेको थियो । सीइओले नै प्रायोरिटीमा राखेको फाइल भएकाले अरुले खास हेर्न आवश्यक पनि ठानेनन् । नगरपालिकादेखि मालपोतसम्मका नक्कली कागजात पेश भए। नक्कली कागजातकै आधारमा इन्जिनियर सञ्जय दुधानीले जग्गाको मुल्यांकन गरे । मिलेमतोमा फिल्ड नै नहेरी कर्जा शाखा प्रमुख गीता शर्मा सुवेदी र सोही शाखाकी सदस्य अनुजा डंगोलले ‘जग्गा भने बमोजिमकै छ।’ भनेर लेखिदिए । मूल्यांकन र फिल्ड भिजिट सकिएपछि बैंक कर्मचारी गीता शर्मा सुवेदी, लीलावती चौंलागाई, अनुजा डंगोलले सिफारिस गरे । उनीहरुको सिफारिसपछि सिइओ अजयकुमार मिश्र, सुजन सुवेदी, रवि शाक्य र मुकुन्द त्रिपाठीले ऋण दिने अन्तिम स्वीकृति दिए । अन्ततः उनीहरुको खुरापाती योजना सफल भयो । 
भीरको जग्गा राखेर २ करोड २५ लाख ५ सय ५३ रुपैयाँ कर्जा प्रवाह भयो । बैंकको कागजात हेर्दा कर्जा पूर्वस्विकृतिका लागि २०७३ जेठ ९ गते कागजात पेस भएको देखिन्छ । स्विकृतिका लागि २०७३ असार २७ गते केन्द्रीय कर्जा विभागमा पेस भएको देखिन्छ । त्यसपछि कर्जा समितिमा असार २९ गते पेस गरियो । असार ३० देखि कृष्ण चौधरीलाई २ करोड २५ लाख २४ हजार ५ सय ५३ रुपैयाँ कर्जा प्रवाह गरेको देखिन्छ । अहिले सिइओ मिश्र फरार भनिएका छन् तर युनाइटेड फाइनान्समा जागिरे छन् । बैंकका तत्कालीन शाखा प्रमुख गीता शर्मा सुवेदी, मूल्यांकन गर्ने इन्जिनियर सञ्जय दुधानी, कर्जा शाखा प्रमुख अनुजा डंगोल, बैंकका कर्मचारी लीलावती चौंलागाई, कर्जा समितिका सदस्य सुजन सुवेदी, रवि शाक्य, मुकुन्द त्रिपाठी फरार छन् । 
आफु जोगिन आफैंले उजुरी, केहि सिप नलागेपछि फरार !
सबै काम मिलेमतोमा गरेर अजय मिश्र पानीमाथिको ओभानो बन्न खोजिएको देखिन्छ । जनता बैंकले आफुलाई उपदानका नाममा निकाल्न खोजेपछि उनले आफैं यस प्रकरणमा उजुरीकर्ता भएको देखिन्छ । तर केहि सिप नलागेपछि उनी आफैं फरार भएको देखिन्छ । फरार भएपछि हतकडी लगाएर हिरासतमा बस्नु नपर्ने भएकाले योजनामै उनी फरार भएको देखिन्छ । फरार भएको भनिएपनि उनी हाल युनाइटेड फाइनान्समा सीइओको रुपमा नियुक्ति लिएर काम गर्न थालिसकेका छन् ।

यसरी सुरु भयो घोटालाको ग्राण्ड डिजाइन, र यसरी सफल भयो !
कृष्ण चौधरीले प्रहरी समक्ष दिएको बयान अनुसार उनले अजय कुमार मिश्रसँग कागजात मिलाएर ऋण निकाल्ने डिजाइन सुनाएका थिए भने अजय कुमार मिश्रले त्यसमा सहमति जनाएका थिए । मिलन विष्ट, र रेशम चौधरी र सुरेश यादवको काम कारवाही र कसले के गर्ने भन्ने विषयमा छलफल भएको थियो । सीइओको आदेश अनुसार शाखा कर्जा शाखाका प्रमुख अनुजा डंगोल, जग्गा मूल्यांकन गर्ने इन्जिनियर सञ्ज दुधानीले काम गरे । उनीहरुलाई पनि नक्कली धितो राखेर करोडौं रुपैयाँ निकाल्न खोजिएको थाहा थियो । सीइओकै आदेशमा बैंकका कर्मचारी लीलावती चौंलागाई, कर्जा समितिका सदस्य सुजन सुवेदी, रवि शाक्य र मुकुन्द त्रिपाठीले यो घोटालामा साथ दिए । ऋण त लिने, तर धितो के राख्ने ? भन्ने कुरा पहिला नै सल्लाह भइसकेको थियो । सोहि सल्लाहबमोजिम इचङ्गुनारायणको जग्गा किनियो । त्यहि भीरपाखोको जग्गालाई राम्रो भनेर नक्कली कागजात बनाएर करोडौं रुपैयाँ कर्जा प्रवाह भएको हो ।



यो पनि पढ्नुहोस् 


Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: