×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

कामना सेवा विकास बैंक र नेशनल बैंकिङ ईन्स्टिच्यूटबीच सम्झौता, यस्ता छन् सम्झौताका बुँदा

काठमाडौं – एनबिआई र कामना सेवा विकास बैंकबीच वित्तीय साक्षरता सम्बन्धी सम्झौता भएको छ । एनबिआईको तर्फबाट सहायक महा प्रबन्धक धन थापा र कामना सेवा विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविन बस्नेतले उक्त वित्तीय साक्षरता सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
यस सम्झोैतापत्र अनुसार एनबिआईले बनाएको वित्तीय साक्षरता सम्बन्धी मोबाईल एप्को संरचना र सुविधाहरुबारे कामना सेवा विकास बैंकका कर्मचारीहरुलाई विस्तृत जानकारी गराईने छ । बैंकले आफ्ना सञ्जालमा रहेका सबै शाखाका कर्मचारीहरुलाई एनबिआई मोबाइल एप्बारे ज्ञान दिलाई आ –आफ्नो ग्राहकमा वित्तीय साक्षरता कार्यक्रमलाई सहजताका साथ विस्तार गर्ने भएको छ । बैंकले एनबिआई एप् मार्फत समाजका विभिन्न वर्गहरु जस्तै महिला समुह, किसान, रेमिट्यान्समा आश्रित परिवारहरु, शिक्षक शिक्षिकाहरु तथा विद्यार्थीहरुलाई वित्तीय साक्षरताबारे जानकारी गराउनेछ ।
यसरी दुई संस्थाहरु एउटै महान् उद्देश्यको लागि साझेदारी गरि अघि बढ्नाले बचत गर्ने र व्यवसाय सन्चालनबारे जागरुक्ता ल्याउन थप उर्जा मिल्ने छ । वित्तीय साक्षरताको सबै आवश्यक सामाग्री सबै माझ लैजान एनबिआई मोबाईल एप्को प्रयोगले देशमा वित्तीय साक्षरताको विस्तारमा शुरु गर्ने जनाएका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: