×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

‘खोलौँ बैंक खाता’ अभियानभित्रको भ्रम र यथार्थ : ९ प्रश्नोत्तरमा हेर्नुहोस् यो अभियानमा के हल्ला हो, के साँचो हो !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- सरकारले ‘खोलौँ बैंक खाता’ अभियान शुरु गरेको छ । नयाँ बर्षको अवसरमा ‘समृद्धिसँग जोडौँ नाता सबै नेपालीको बैंक खाता’ भन्ने नाराका साथ यो अभियान सुरु गरिएको हो । यस अभियान अन्तर्गत नयाँ खाता खोलेमा खातामा १०० रुपैयाँ थप आउनेछ । तर यस अभियानका सम्बन्धमा विभिन्न भ्रम बाँडीएको छ । 
१. के नयाँ खाता खोल्ने बित्तिकै १०० रुपैयाँ आउने हो ?
होइन । कुनै बैंकमा नयाँ खाता खोल्नेबितिकै सरकारले अहिले १०० रुपैयाँ हालिदिन्छ भन्ने भ्रम फैलिएको छ । यदी तपाईंको कतै पनि खाता छैन र तपाईंले पहिलोपटक कुनै बैंकमा खाता खोल्नुभएको छ भने तपाईंलाई १०० रुपैयाँ खातामा हालिदिने व्यवस्था मिलाइएको हो । सरकारी स्कीमको गलत व्याख्या गर्दै कतिपय बैंकहरुले खाता खोलाईरहेका छन्, जसअन्तर्गत अन्तिममा हात्ती आयो हात्ती आयो फुस्सा हुनेछ ।

२. के पैसा सरकारले हालिदिने हो ?
होइन । उक्त १०० रुपैयाँ सरकारले हालिदिने होइन । उक्त रकम बैंकहरुको सामाजिक उत्तरदायित्व अन्तर्गतको रकमबाट दिने हो । तर कतिपयले सरकारले खाता खोल्नेलाई १०० रुपैयाँ दिन्छ भनेर भ्रम फैलाईरहेका छन् । यहि विषयलाई लिएर राजनीतिकरण समेत भएको छ यो अभियान । तर कुरा त्यसो होइन । रकम बैंकले हालिदिने हो ।
३. कमर्सियल बैंकमा मात्र यो सेवा हुने हो ?
होइन । नेपाल राष्ट्र बैंकले सबै बर्गका बैंकहरुलाई सर्कुलर जारी गरेको छ । यो विषयमा बैंकरहरु नै कन्फ्युज्ड छन् । सरकारले अभियानको सुरु गर्दा नेपाल बैंकर्स संघको दरिलो उपस्थिति र ब्रान्डीङ भएपछी यस्तो भ्रम बैंकरहरुले नै पनि बाँडीरहेका छन् । कतिपय सञ्चारमाध्यममा बैंक नै तोकेर समाचारहरु आइरहेका छन् ।  तर नेपाल राष्ट्र बैंकको सर्कुलरका अनुसार सबै बैंकहरुमा यस्तो सेवा उपलब्ध छ ।
४.यो अभियानपछि बृद्धबृद्धाहरुको खाता खोल्ने क्रम एकदम बढ्छ हो ?
त्यसो नहुन सक्छ । किनकि धेरै बृद्धबृद्धाहरुले बृद्ध भत्ता पाउनका लागि यसअघि नै खाता खोलिसकेका छन् । त्यसैले यो अभियानले बुढाबुढीहरु १०० रुपैयाँको लोभले खाता खोल्छन् भन्ने तथ्यमा तर्क छैन ।
५. यो अभियानमा खाता खोल्नेहरुको संख्या त पक्का बढ्छ नि !
प्रचार प्रसार गरिए अनुरुप बढ्ने छाँटकाँट छैन । किनकि बिकट स्थानीय तहमा बैंक खुलेका छैनन् । आवश्यकता हुनेहरुले बैंक खाता खोलेका छन् । तर विद्यार्थीहरुले भने नयाँ खाता खोल्ने अनुमान गरिएको छ । किनकि पहिलोपटक खाता खोल्ने बर्ग विद्यार्थीहरुको समूह हो । उनीहरु भने १०० रुपैयाँबाट लाभान्वित हुनेछन् ।
६. यो खाता खोल्न झन्झट छैन भन्ने कुरा कतिको सत्य हो ?
जसरी पहिला-पहिला खाता खोलिन्थ्यो । प्रक्रिया उही हो । मात्र यो अभियान अन्तर्गत खाता खोल्दा शुल्क लाग्दैन । त्यसैले यो अभियानमा खाता खोल्न सार्है सजिलो छ भन्ने होइन ।
७. अहिले खाताको तथ्यांक कस्तो छ ? के यो सरकारले प्रचार गरेझैँ निकै राम्रो अभियान हो ? 
खाता खोल्ने अभियान सार्है राम्रो पक्का हो । शहरी क्षेत्रमा धेरैले बैंक खाता खोलेका छन् । गाउँमा बैंक नै पुगेको छैन । तथ्याङ्क विभागका अनुसार हाल नेपालीको जनसङ्ख्या करीब दुई करोड ९० लाख छ । नेपाल राष्ट्र बैंकका अनुसार, हाल बैंक तथा वित्तीय संस्थामा दुई करोड ६८ लाख खाता खुलेका छन् । त्यसैले बैंक खाता धेरै नै खुल्छ भन्ने अनुमान सहि नहुन सक्छ । तर माथि उल्लेखित तथ्यांकमा एक व्यक्ति वा संस्थाका धेरै ठाउँमा खाता छन् ।
८. खाता खोल्न नागरिकता भए पुग्छ भन्ने कुरा कतिको सत्य हो ?
हो ! नयाँ खाताका लागि नागरिकताको प्रमाणपत्र, राहदानी, फोटोसहितको मतदाता परिचयपत्र, राष्ट्रिय परिचयपत्र, सवारी चालक अनुमतिपत्रमध्ये जे भएपनि हुन्छ । फोटोचाहिं चाहिन्छ । तर भर्ने फर्म उस्तै हो । प्रक्रिया पनि उही हो । यसअघि कतिपय बैंकले घरको बिजुलीको बिल वा पानीको बिलजस्ता कागजात मागेर हैरान पार्थे । तर यो अभियानमा भने त्यस्ता कागजहरु मागिने छैन । तर बैंकले आफ्ना कर्मचारीहरुलाई यस विषयमा खास जानकारी दिएको देखिंदैन । सबै कन्फ्युज्ड छन् । त्यसैले माग्न पनि बेर छैन ।   
९. एक कार्यक्रमका बीच केपी ओलीले आफ्ना बुबाको खाता खोले।  उनको खातामा १०० रुपैयाँ आयो त ?
आएन । ओलीका बुबाको खाता पहिला कुनै बैंकमा थियो । यो उनको पहिलो खाता होइन । त्यसैले अभियान अन्तरगतको १०० रुपैयाँ उनको खातामा आउने छैन ।      
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: