लुक्ला विवान दुर्घटना : क्याप्टेन उछिट्टीएर बाँच्न सफल, यस्तो छ निधन र घाइतेहरुको नामावली (अपडेट)

सोलुखुम्बु – तेञ्जिङ हिलारी विमानस्थल लुक्लामा समिट एयरको विमान दुर्घटना भएको छ । पार्किङ गरी राखिएको हेलिकप्टरसँग उड्न लागेको समिट एयरको विमान ठेक्किँदा दुर्घटना भएको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी नरेन्द्रकुमार रानाले जानकारी दिए । 

दुर्घटनामा परी ३ जनाको निधन भएको बताइएको छ । पाइलट घाइते भएका छन् । उनलाई उपचारका लागि काठमाडौँको शिक्षण अस्पताल पुर्याईएको छ । राम बहादुर खड्का, सह पाइलट सुनील ढुंगाना, र प्रहरी रूद्र श्रेष्ठको समेत मृत्यु भएको छ । उनी प्लेनभित्र च्यापिएका थिए।

राम बहादुर खड्का, र समिट एयरका को पाइलटको निधन भएको छ । शिव बहादुर गुरुङ (मनाङ एयरका पाइलट) , र रविनाथ रोकाया (पाइलट) घाइते भएका छन् ।

अहिले एयरपोर्टमा लागेको आगो निभाईएको छ । 
   ।











प्रकाशित मिति : Sunday, April 14, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal