×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नेपाल इन्भेष्टमेण्ट बैंकको नयाँ शाखा पेप्सिकोलाको टाउनप्लानिङमा विस्तार, कुल शाखा संख्या ७९ पुग्यो

काठमाडौं – नेपाल इन्भेष्टमेण्ट बैंकको ७९ औं शाखा काठमाडौंको पेप्सिकोला टाउनप्लानिङमा विस्तार भएको छ । काठमाडौं महानगरपालिका वडा नं ३२ सिनामंगल स्थित पेप्सिकोलाको टाउनप्लानिङमा बैंकले शाखा खोलेसँगै ११२ औं एटिएम पनि संचालनमा ल्याइएको छ ।
बैंकका संचालक प्रजन्यराज भण्डारी, सूर्य प्रकाशलाल श्रेष्ठ, निरन्जनलाल श्रेष्ठ, भुवनेश्वरप्रसाद शाह तथा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे लगायतको उपस्थितिमा शाखा तथा एटिएमको उद्घाटन गरिएका हुन् । बैंकले ग्रामिण क्षेत्रमा आफ्नो शाखा विस्तार गरेसंगै उपत्यकाको पूर्वी क्षेत्र पेप्सिको लामा शाखा थप गरेको हो । सम्पूर्ण वित्तिय कारोबार हुने यस शाखामा स्थानीय माग अनुसार सानो, ठूलो सबै प्रकारका लकरको पनि व्यवस्था रहेको छ ।
बैंकका शाखाहरु काठमाडौं उपत्यकाभित्र २४ र बाहिर ५५ वटा संचालनमा ल्याएको छ । ‘बेस्ट व्याकको २०१८’ अवार्ड प्राप्तगर्न सफल बैंक सात वटै प्रदेशका विभिन्न स्थानमा खोलिएका शाखा तथा १२ वटा एक्सटेन्सन काउन्टर, ९ वटा राजश्व संकलन केन्द्र, ५१ वटा शाखा रहित बैंकिङ सेवामार्फत बैंकले ग्राहक सन्तुष्टीलाई उच्चतम स्थान दिइरहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: