×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

ग्रेटर नेपालका अभियन्ता फणीन्द्र नेपाल चेक बाउन्स प्रकरणमा पक्राउ, आफ्नै घरभेटीले फसाएको दावी !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- ग्रेटर नेपालको अभियन्ता बताउने फणीन्द्र नेपाल चेक बाउन्स प्रकरणमा पक्राउ परेका छन्कु । उनलाई चाबहिलस्थित घरबाट पक्राउ गरिएको हो । न्यौपानेले लिएको ६ लाख रुपैयाँको चेक बाउन्स भएको विषयमा उजुरी परेपछि उनलाई पक्राउ गरिएको परिसरका डीएसपी होविन्द्र बोगटीले बताएका छन् । यता नेपालले भने नेपाल बैंक लिमिटेडको ६ लाखको चेक २१ मंसिर ०७५ शुक्रबार भुक्तान गर्ने गरी दिएको तर घरभेतिले पैसा लिइसकेपछि पटकपटक चेक फिर्ता माग्दा पनि नदिएको दाबी गरेका छन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखका छन्, ‘मैले नरेशकुमार नेउपाने नामक घरधनीलाई घरघाडा वापत ६ लाख रुपैयाँको चेक दिएको थिएँ । चेकको भुक्तानी मितिमा ६ लाख रकम बुझी आज चेक ल्याउन बिर्सिएँ, भोलि चेक फिर्ता गर्छु भनेकोमा चेक बाउन्स गरेर मलाई फसाउने काम भयो ।’
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: