×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

अर्जुन गिरी पक्राउ प्रकरण : प्रेस काउन्सिलका कर्मचारीमाथि गरिए ४ शंका, यस्तो छ काउन्सिलको स्पष्टीकरण !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- पोखराका पत्रकार अर्जुन गिरी प्रेस काउन्सिलकै लापरवाहीका कारण पक्राउ परेको कुरामा कुनै द्विविधा रहेन । तर काउन्सिलका कर्मचारी सुरेन्द्र मल्लको विषयलाई लिएर पत्रकारहरुबीच नै अनेकौं शंका-उपशंकाहरुका चर्चा हुन थालेका छन् । यतिसम्मकी काउन्सिलका कर्मचारी सुरेन्द्र मल्लले बताससँग अनुचित लाभ लिएको तर्क समेत केहि पत्रकारहरुले गर्न थालेका छन् । यसो त यहाँ केहि शंका गर्ने ठाउँ पनि छन् । सोमबार अर्जुन गिरीलाई भेट्न आएका काउन्सिलका अधिकारीहरु किशोर श्रेष्ठ, राम शरण बोहोरा, झविन्द्र भुसाल र गोपाल बुढाथोकीको समूहलाई हामीले काउन्सिलका कर्मचारीमाथि भएका केहि शंकामाथि काउन्सिलको जवाफ लिएका छौं । 
शंका नम्बर १ : उनी विद्युतीय सञ्चारमाध्यम हेर्ने फाँटकै होइनन् । उनी छापा हेर्ने फाँटका हुन् । विद्युतीय फाँट हेर्ने रामशरण बोहोरा नभएको दिन पारेर यस्तो चिठी किन लेखियो ? एक दिन किन कुर्न खोजिएन ?
काउन्सिलको जवाफ : प्रेस काउन्सिलमा दर्ताको छाप बढेको थियो । यहि बेला सूचनाको हक प्रयोग गरेर विपिन बतासका मान्छेहरु आउनुभएछ । त्यसपछि हाम्रा कर्मचारीले लिष्ट हेरे । हतार हतारमा ताण्डव न्यूज नदेखिएको भन्ने जवाफ हाम्रा कर्मचारीले गराएका छन् । त्यसपछि पत्र लेखियो । हाम्रो गल्ती त भएको हो नै ! हामीले हाम्रो गल्ती स्वीकारेका पनि छौँ । तर नियत नै गलत भयो कि भन्ने शंका भने गलत हो । तर हाम्रो त्रुटीले अर्जुन गिरीले दुख पाउनुभएको भने पक्कै हो । 
शंका नम्बर २.पत्रिका दर्ता थियो, र छ । पहिला एकपटक हामीले हेर्दा ठिक थियो । पछि बिगारेर फेरि सच्याइएको छ । यो कसरी भयो ?
काउन्सिलको जवाफ : हो ! योचाहिं अपडेट हुँदा भएको प्राविधिक गल्ती हो । त्यसपछि हामीले सबै अनलाइनको सूचीकरण पुन: रिभ्यू गरिरहेका छौं । यो हाम्रो लागि पनि ठुलो पाठ हो । यसमा पनि हाम्रो नियतमा वा कर्मचारीको नियतमा कुनै शंका छैन । हामीले ताण्डव न्यूज दर्ता छ भनेर पुन: पत्र लेखिसकेका छौं ।
शंका नम्बर ३ : साइबर क्राइममा मुद्धा हाल्ने हो भनेर पत्र मागिएको कुरा छ । होइन भने पनि प्रयोजन किन सोधिएन ? सोधिएको भए उनले किन काउन्सिलको बारेमा बुझाउन प्रयास गरेनन् ?
काउन्सिलको जवाफ : कामको सार्है चाप भएकाले किन र कसरी भन्ने प्रश्न सोधेनन् कर्मचारीले । यहाँ नेर गल्ती भएकै हो । रामशरण बोहोरा बिदामा भएका बेला छापा हेर्ने कर्मचारीले हतासमा काम गर्दा गल्ती भएकै हो । हामीले सम्बन्धित कर्मचारीलाई स्पष्टीकरणसमेत सोधेका छौं । स्पष्टीकरण चित्त नबुझे कारवाही पनि गर्छौं । तर यहाँ पनि हाम्रो नियतमा शंका गर्नु जायज हुँदैन। 
शंका नम्बर ४ :  व्यक्तिका नाममा पत्र लेख्ने अधिकार उनलाई कसले दियो ? यहाँ चलखेल त भएन ?
काउन्सिलको जवाफ : सूचनाको हक अनुसार सूचना मागेपछि हामीले जवाफ दिएका हौँ । जहाँनेर कर्मचारीको गल्तीका कारण अहिले अर्जुन गिरी पीडीत हुनुभएको छ । अव हामीले काउन्सिलमा व्यक्तिलाई सूचना दिंदा ख्याल गर्ने भन्नेसमेत निर्णय गरेका छौं । यो सायद पहिलो अभ्यास र यस्तो घटना भएकाले पनि हामीले सिक्ने अवसर पायौं। हाम्रो कर्मचारीको गल्तीका कारण पत्रकारको हातमा हतकडी लाग्यो, हामी त्यसमा दुखी छौं । यस्ता गल्ती नदोहोर्योस भन्ने कुरामा हामी सचेत पनि छौं ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: