×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

बचतकर्ताको करोडौं रुपैयाँ बोकेर प्राइम बचत तथा ऋण सहकारीका अध्यक्ष र कोषाध्यक्ष फरार !

  • अर्थ सरोकार सम्बाददाता 

पर्सा-प्राइम बचत तथा ऋण सहकारी संस्था लिमा बचतकर्ताहरुले बचत गरेको करोडौं रुपैयाँ बोकेर सहकारीका अध्यक्ष राजेश पटेल फरार भएका छन् । उनीसँगै सहकारीकि कोषाध्यक्षसमेत रहेकी उनकी श्रीमती रिताकुमारी पोख्रेलसमेत बचतकर्ताको ८ करोड रुपैयाँ लिएर फरार भएकी छिन् । सहकारीको पैसा लिएर बुढाबुढी नै फरार भएपछी बचतअक्र्ताले जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका छन् । 
२०६६ सालमा स्थापना भएको प्राइम बचतका संचालक गत आइतबारबाट फरार भएका हुन् । अहिले सहकारीमा ताल्चा लगाइएको छ । आफ्नो करोडौं रुपैयाँ फस्ने भएपछि बचतकर्ताहरु हारगुहार गर्दै प्रशासन पुगेका हुन् । आफूकहाँ उजुरी गर्न आएकाहरुलाई सान्त्वना दिँदै सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्माले फरार दम्पत्तिलाई कुनै पनि हालतमा पक्राउ गरिने आश्वासन दिएका छन् । ‘फरार दुबैजनालाई हामी कुनै पनि हालतमा समात्छौँ । तपाईंहरुको पैसा दुब्दैन । ढुक्क हुनुहोस् ।’ उजुरी गर्न गएकाहरुलाई आश्वासन दिँदै उनले भने ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: