×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

माछापुच्छ्रे बैंकसँगको सहकार्यमा भारतीय कम्पनीले नेपालमा ल्यायो ‘रेमिट्याप डिजिटल वालेट सेवा’ (भिडियो रिपोर्ट)

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- नेपालमा रेमिट्याप डिजिटल वालेट सेवा शुभारम्भ गरिएको छ । रेमिट्याप नामक एक भारतीय कम्पनीले माचापुछ्रे बैंकसँगको सहकार्यमा इ–रेमिट्यान्स र ई–भुक्तानीको लागि सो वालेट सेवा सुशारम्भ गरेको हो । रेमिट्यान्सको माध्यामबाट पठाइएको पैसा तुरुन्तै आफ्नो वालेट तथा बैंक खातामा नेपालका १० हजार भन्दा बढि स्थानबाट पाउने व्यवस्था सो वालेट सेवामा समावेश गरिएको कम्पनीका प्रबन्ध निर्देशक प्रमिल स्थापितले बताएका छन् ।
यसबाट धारा, विजुली, टेलिफोनको भुक्तानी गर्न सकिने कम्पनीले जनाएको छ । रेमिटयाप प्रविधिबाट विदेशबाट पठाइएको पैसालाई आफू अनुकूलको बैंकमा हस्तान्तरण गर्न सकिने व्यवस्था पनि गरिएको प्रबन्ध निर्देशक स्थापितले बताउनु भयो । यो प्रविधिबाट पैसा पठाउँदा समय र खर्च दुवैको बचत हुने भएकाले नेपालको लागि यो उपयोगी हुने विश्वास पनि गरिएको छ ।

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: