×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

अर्थ सरोकार समाचार प्रभाव : एसबिआई बैंकद्वारा पीडीतको पैसा फिर्ता, बैंकमा सुरक्षा थ्रेट रहेको स्वीकारोक्ति !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- विहारका अमरजित कुमार सिंह विवाहको तयारीमा थिए । बिगत १० बर्षदेखि नेपालमै घर बनाउने काम गरिरहेका उनले एसबिआई बैंकमा आफ्नो मेहेनतको कमाइ जम्मा गरेका थिए । तर उनलाई थाहा नै नदिइ कसैले उनी नेपालमै छँदा उनको खाताको ५ लाख रुपैया भारतका विभिन्न एटिमबाट निकालियो । जसका कारण उनी तनावमा थिए। विवाहका लागि जोगाएको रकम हराएपछि उनी साच्चै समस्यामा परेका थिए ।
उनले अर्थ सरोकार डटकमलाई दिएको कागजात अनुसार उनको एटिएम भारतका विभिन्न बैंकहरु स्टेट बैक अफ ईन्डिया, बैंक अफ ईन्डिया, एचडी एफसी बैंक, आइसी, आइसीआई बैंक, कैनरा बैंक, आइडीबीआई बैंक, पन्जाब नेश्नल बैंक लगायत अन्य धेरै बैंकहरुको एटिम मेसिनमा १ सय ५२ पटक प्रयोग भएको छ । र उनको रकम पटक पटक झिकिएको थियो ।

यस विषयमा अर्थ सरोकार डटकमले समाचार प्रकाशित गरेपछि अन्तत: उनको सो रकम फिर्ता भएको छ । साथै बैंकका अधिकारीले यस्ता खालका समस्या देखिएकाले कतै न कतै सुरक्षा थ्रेट भएकोसमेत स्वीकारेका छन् ।  यसो त उनले बीचमा अर्थ सरोकार लगायतका मिडियामा जान्छु भनेपछि बैंकले पैसा दिन्छुसमेत भनेको थियो । तर बैंकले फेरि झुलायो । केहि दिनमा अमरजितको विवाह छ । आफ्नो पैसा फिर्ता भएको भन्दै सहयोग गरिदिने सबैलाई उनले धन्यवादसमेत दिएका छन् ।  

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: