×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सिंहदरबारभित्र विवादित एभेरेष्ट बैंकको ‘मोनोपोलि’ तोडियो, राष्ट्रिय वाणिज्य बैंकले थाल्यो कारोबार… !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – नेपाली नेताहरुको सूचना भारतमा पुर्याएको भन्ने आरोप खेपिरहेको एभेरेष्ट बैंकको सिंहदरबारभित्र मोनोपोली तोडिएको छ । भारतीय पञ्जाव नेशनल बैंकको समेत लगानी रहेको एभेरेष्टको मोनोपोली तोड्दै पूर्णसरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले सिंहदरबारभित्र कारोबार शुरु गरेको छ ।
सिंहदरबार भित्र शाखा स्थापना गरेर कारोबार शुरु गरिसकिएको बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बताएका छन् । एभरेष्ट बैंकको शाखा रहेकै भवनमा वाणिज्य बैंकको पनि शाखा खुलेको हो । सिंहदरबारभित्र नेताहरुमाझ नै बदनाम भएको एभेरेष्ट बैंक वाणिज्य बैंक सिंहदरबार छिरेसँगै विस्तापित हुने खतरा रहेको केहि सांसदहरुको भनाइ छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: