×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

चिट्ठा परेको भन्दै ठगी गर्ने गिरोह सीआइबीको फन्दामा, हिमालयन बैंक र बैंक अफ काठमान्डूको खाता प्रयोग !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – चिट्ठा परेको भन्दै ठगी गर्नेहरुले ठगीको रकम बैंक अफ काठमान्डू र हिमालयन बैंकमा राख्ने गरेको तथ्य खुलेको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले संगठित रुपमा सामाजिक सञ्जाल मार्फत चिठा परेको भन्दै ठगी गर्ने विदेशी नागरिकलाई पक्राउ गरेसँगै यस्तो रहस्य बाहिर आएको हो । पक्राउ पर्नेमा भारतको हरियाणा घर भई हाल काठमाडौं बस्दै आएका ३९ वर्षीय अमित कुमार र चिनियाँ नागरिक वाङ होङसिया रहेका छन् । सीआइबीका अनुसार पक्राउ परेका यी व्यक्तिहरुले फेसबुक, ह्वाट्स एप, भाइबर र इमोलगायतका सामाजिक सञ्जालहरुको प्रयोग गरी झुक्याएर विभिन्न व्यक्तिहरुबाट ४० लाख ३९ हजार चार सय १९ रुपैयाँ १८ पैसा विभिन्न बैंकमा जम्मा गर्न लगाई ठगी गरेको सीआईबीले जानकारी दिएको छ । 
पक्राउ परेका भारतीय नागरिक अमित कुमार काठमाडौंकै अनमोल गेष्ट हाउसमा काम गर्ने कर्मचारी रहेको र चिनियाँ नागरिक होङसिया ठमेलको सातघुम्तीमा रहेको चिनियाँ रेष्टुरेन्ट सीएफसीका सञ्चालक रहेको सीआइबीले जनाएको छ । प्रारम्भिक अनुसन्धानमा अभियुक्तहरुले चिठाबाट ठगी गरेको रकम एनआईसी एसिया बैंकको खाता नम्बर ३७८७०१०५४९०५२४०१, हिमालयन बैंकको खाता नम्बर ०३९०७८४२८३००१३ र बैंक अफ काठमाण्डूको खाता नम्बर ५४३००००१५८१५२४१ मा जम्मा गर्न लगाउने गरेको देखिएको सीआईबीले जनाएको छ । 
चिठ्ठा ठगीको लागि नाइजेरियन, चाइनिज र इन्डियनको संलग्नता रहेकोमा भारतीय नागरिक अमितको नामको बैंक खातामा जम्मा गरी एकआपसमा बाँडफाँट लिने गरी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको सीआईबीले जानकारी दिएको छ । नाइजेरियन व्यक्तिले पीडित व्यक्तिहरुको पहिचान गरी चिठासम्बन्धी म्यासेज पठाई अमित कुमारको खातामा रकम जम्मा गर्न लगाउने गरेको र नेपालमा रहेर अमित कुमार र होङसियाले चिठा ठगीमा सहयोग पु¥याएको देखिएको सीआईबीले जानकारी दिएको छ । 
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: