×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

आँधिखोला लघुवित्तको ४ लाख कित्ता आइपीओ आउँदै, बिक्रि प्रबन्धकमा एनआइबीएल एस क्यपिटल !

काठमाडौं – आँधिखोला लघुवित्त वित्तीय संस्थाको  ४ करोड रुपैयाँ बराबरको आइपिओ आउने भएको छ । संस्थाले ४ लाख कित्ता आइपीओ बिक्री गर्नका लागि धितोपत्र बोर्डसँग अनुमति मागेको छ । यस लघुवित्तको आइपीओमा बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यपिटलले गर्नेछ ।
हाल संस्थाको चुक्ता पुँजी ६ करोड रहेको छ । आइपीओ बिक्रीपछि चुक्ता पुँजी १० करोड रुपैयाँ पुग्नेछ ।आँधिखोला लघुवित्त नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त “घ“ वर्गको वित्तीय संस्था हो । २०७३ साल चैत १२ गतेबाट सेवा सुरु गरेको यस लघुवित्तको हाल दश जिल्ला कार्यक्षेत्र बनाएको छ । यस संस्थाको केन्द्रीय कार्यालय भिरकोट–१, बयरघारी स्याङ्जामा रहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: