×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

कृषि विकास बैंकले गयो प्रगति, खुद नाफा २३.०९% ले वृद्धि गरी कमायो २ अर्ब २१ करोड २१ लाख २७ हजार रुपैयाँ !

काठमाडौं – कृषि विकास बैंकले आर्थिक वर्ष २०७५/७६ को तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार बैंकले खुद नाफा २ अर्ब २१ करोड २१ लाख २७ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको तुलनामा २३.०९% ले वृद्धि भएको हो। गत  वर्षको यहि अवधिमा बैंकले १ अर्ब ७९ करोड ७१ लाख ९८ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
बैंकको खुद ब्याज आम्दानी २०.०८% ले वृद्धि गरी ५ अर्ब ३० करोड १९ लाख ९४ हजार रुपैयाँ पुर्याएको छ । बैंकले १ खर्ब १२ अर्ब ८४ करोड ८७ लाख ७० हजार रुपैयाँ निक्षेप संकलन गरेको छ । साथै, बैंकले १ खर्ब ९ अर्ब ८८ करोड ३९ लाख १० हजार रुपैयाँ कर्जा लगानी गरेको छ । यस्तै, अन्य बैंक तथा वित्तीय संस्थालाई ४९ करोड ५० लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
यता, खराब कर्जा ४.२२% रहेको छ । बैंकको सेयर पुँजी १४ अर्ब ४४ करोड ८२ लाख ४० हजार रुपैयाँ रहेको छ । जगेडा कोषमा ९ अर्ब ८६ करोड ९२ लाख ४७ हजार रुपैयाँ जम्मा भएको छ । बैंकको प्रतिसेयर आम्दानी बढेर २९ रुपैयाँ १० पैसा पुगेको छ । गत वर्ष यो २२ रुपैयाँ ९६ पैसा मात्र थियो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: