एसियन लाइफ इन्सुरेन्सको ६०% हकप्रद सेयर भर्न अब कति बाकी छ समय ?


राइट इस्युज :
कम्पनी : एसियन लाइफ इन्सुरेन्स
कित्ता : ७५ लाख ४० हजार ३५२.७३ कित्ता
खुल्ला भएको मिति : सोमबार (चैत २५ गते)
अन्तिम दिन : आइतबार, वैशाख २९ गते

विवरण : 
एसियन लाइफ इन्सुरेन्सको ६०% हकप्रद सेयर भर्न ५ दिन मात्र बाकी रहेको छ । कम्पनीको उक्त हकप्रद मंगलबारसहित ५ दिन बाकी रहेको हो । कम्पनीले १ः०.६ अनुपातमा ७५ लाख ४० हजार ३५२.७३ कित्ता हकप्रद सेयर बिक्री खुल्ला गरेको हो । एसियनको हकप्रदमा १ सय रुपैयाँ अंकित मूल्यमा फागुन २१ गतेसम्म कायम रहेका सेयरधनीले आवेदन दिन सक्नेछन् ।

आवेदन दिन सकिने साखाहरु :
एनआइबीएल एस क्यापिटलको केन्द्रीय कार्यालय तथा शाखा कार्यालय लालदरबार, लगनखेल, चिप्लेढुङ्गा पोखरा, बुटवल, वीरगन्ज र विराटनगरबाट
एसियन लाइफको केन्द्रीय कार्यालय तथा शाखा कार्यालयहरु
नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था

कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : १ अर्ब २५ करोड ६७ लाख २५ हजार
हकप्रद बिक्रिपछि चुक्ता पुँजी : २ अर्ब १ करोड
चालु आर्थिक वर्षको दोस्रो त्रैमासको खुद नाफा : २ करोड ८९ लाख २७ हजार रुपैयाँ
प्रतिसेयर आम्दानी : ४ रुपैयाँ ३९ पैसा
प्रतिसेयर नेटवर्थ : १२० रुपैयाँ ९६ पैसा ।
प्रकाशित मिति : Tuesday, May 07, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal