एसएसपी विश्वराज पोखरेलको डीआईजीमा बढुवा सिफारिस

  • मनोज आत्मीय / अर्थ सरोकार डटकम
काठमाडौँ-  प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्वराज पोखरेल प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा बढुवाका लागि सिफारिसमा परेका छन् । बिहीबार साँझ बसेको बढुवा समितिको बैठकको निर्णयबाट रिक्त रहेको एउटा डीआईजी पदमा पोखरेललाई बढुवाका लागि सिफारिस गरेको हो ।

परिसर रहँदा नेपाली नक्कली नोटको कारोबार, अवैध सुन बरामद, क्रिकेट र फुटबलका खेलमा हुने अनलाइन बेटिङदेखि उपत्यकामा शान्ति, सुरक्षा कायम गराउन पोखरेलले उत्कृष्ट कार्य गरेका थिए । बढुवा सिफारिससँगै २०४९ बैशाखको ब्याजबाट प्रहरी महानिरीक्षकका लागि उनी एक्ला दावेदार बनेका छन् ।


प्रकाशित मिति : Thursday, May 02, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal