×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

बारीमा आलु फलेझैँ देशैभरी बमै बम ! विप्लवको सक्रियता बढी कि राज्यको सुरक्षा कम ? (फोटो फिचर)

 विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आयोजना गरेको नेपाल बन्दका क्रममा देशभर बमै बम भेटिएका छन् । बन्दको अघिल्लो दिन नै ठुलो क्षतिसहितको बिस्फोट भएपछि पनि सुरक्षा स्थिति बलियो नहुँदा देशभर नै बम भेटिएका छन् ।   
नुवाकोटको दुई नगरपालिका क्षेत्रमा बम बिस्फोट भएको छ । गल्छी–त्रिशुली सडकखण्डको बेलकोटगढी नगरपालिकाको वडा नम्बर ६ कोल्पु खोला नजिकै पेट्रोल बम बिस्फोट भएको हो ।  यस्तै विदुर नगरपालिका वडा नम्बर ५ काे वडा कार्यालय मुनी सडकमा पनि बिस्फोट भएको छ ।  बिस्फोट लगत्तै स्थानीय र प्रहरी घटनास्थलमा पुगेका थिए ।  पोखराको विभिन्न तीन ठाउँमा आज बिहान शङ्कास्पद वस्तु देखिएको छ ।

थानकोटको प्रहरी चाैकी नजिकै शक्तिशाली बिस्फोट भएको छ । यता सर्लाहीको हरिपुर वडा नं. २ मा रहेको नगरपालिकाको कार्यालयमा बम बिस्फोट भएकाे छ । यस्तै देशका विभिन्न स्थानमा पनि बमहरु भेटिएका छन् । पार्टीलाई प्रतिबन्ध लगाएपछि विप्लव नेतृत्वको नेकपाले गरेको यो दोश्रो प्रभावकारी बन्दको कार्यक्रम रहेको अधिकांसको बुझाइ छ । बन्दले जनताहरु त्राहिमाम हुँदा पनि सरकार भने रमिते बनेर बसेको छ । अधिकांस ठाउँमा बम पड्किएपछि मात्र सुरक्षाकर्मीहरु घटनास्थल पुगेको देखिन्छ ।    

 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: