×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

घोक्रै सुक्नेगरी बजेट भाषण पढेको कति पैसा पाउँछन् अर्थमन्त्रीले ?

काठमाडौँ । कुनै बेला सन्तोष पन्तद्वारा निर्देशित चर्चित हास्य टेलिफिल्म ‘हिजोआजका कुरा’मा एउटा संवाद थियो । संवादमा एउटा पात्रले भनेका थिए, ‘हिजो अर्थमन्त्रीले बजेट भाषण गर्दा ४ पटक पानी पिए । विचरा ।’ केको विचरा, एक पटक बजेट भाषण गरेको ३ लाख रुपैयाँ आउँछ ।’ सन्तोष पन्तले भन्छन् । त्यहि टेलिसिरियल हेरेका कतिपयले अहिले पनि बजेट भाषण गर्दा लाखौँ रुपैयाँ आउने सोच्छन्, तर यथार्थ भने बेग्लै छ । 
के अर्थमन्त्रीले बजेट भाषण गरेको पैसा पाउँछन् ?
अहँ पाउँदैनन् । उनीहरुले यसको अतिरिक्त पैसा पाउँदैनन् । पूर्व अर्थमन्त्री शंकर कोइरालादेखि धेरैपटक अर्थमन्त्री बनिसकेका रामशरण महतले यसरी बजेट पढ्दा अर्थमन्त्रीले पैसा नपाउने गरेको पुष्टि गरे । ‘त्यसो भए त्यसरी घोक्रै सुकाएर बजेट भाषण गर्नुको फाइदा अर्थमन्त्रीलाई के त ?’ धेरैको चिया गफको प्रश्न हुन सक्छ यो । उत्तर सहज छ, ‘ अर्थमन्त्री भएपछि बजेट भाषण गर्नु मन्त्रीको कर्तव्य हो ।’
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: