×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सिभिल लघुवित्तले गर्यो चम्किलो प्रगति, खुद नाफा ४०.२८% ले वृद्धि हुनुमा यस्ता छन् कारण

काठमाडौं – सिभिल लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७५/७६ को तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार संस्थाले खुद नाफा ४०.२८% वृद्धि गरी १ करोड १६ लाख ३५ हजार रुपैयाँ पुर्याएको छ । गत वर्ष संस्थाले ८२ लाख ९४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
संस्थाले खुद ब्याज आम्दानी ३३.३६% ले वृद्धि गरेको छ । गत वर्ष बैंकले ३ करोड ३९ लाख २१ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेकोमा यो तेश्रो त्रैमाससम्म आउँदा ४ करोड ५२ लाख ३९ हजार रुपैयाँ पुगेको छ । सञ्चालन नाफा पनि ४०.२८% ले बढेर १ करोड ८२ लाख ८३ हजार रुपैयाँ पुगेको छ । गत वर्ष १ करोड ३० लाख ३३ हजार रुपैयाँ सञ्चालन नाफा थियो । संस्थाको खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुवैमा बढेको कारणले गर्दा खुद नाफा बढेको देखिन्छ । 
यो तेश्रो त्रैमाससम्म आउँदा संस्थाले २३ करोड ५२ लाख १० हजार रुपैयाँ निक्षेप संकलन गरेर ८७ करोड ६० लाख ३५ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । संस्थाले चुक्ता पुँजी ११ करोड ४१ लाख १४ हजार रुपैयाँ छ । सिभिल लघुवित्तले जगेडा कोष ४६.७३% ले बढाएर १ करोड ६५ लाख ४ हजार रुपैयाँ पुर्याएको छ ।
संस्थाको प्रतिसेयर आम्दानीमा ३ रुपैयाँ ५१ पैसाले बढेर १३ रुपैयाँ ५९ पैसा पुगेको हो । गत वर्ष प्रतिसेयर आम्दानी १० रुपैयाँ ०८ पैसा थियो । यता, प्रतिसेयर नेटवर्थ भने ४ रुपैयाँ २१ पैसाले बढेर ११४ रुपैयाँ ४६ पैसा पुगेको छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: