सिभिल बैंकको १७ लाख ५३ हजार ५९४ कित्ता संस्थापक सेयर लिलामी खुल्ला, सर्वसाधारणले पनि भर्न पाउने !


अक्सन नोटिस :
कम्पनी : सिभिल बैंक
खुला भएको मिति :  आज, (बिहीबार, वैशाख २६ गते)
कित्ता : १७ लाख ५३ हजार ५९४ कित्ता संस्थापक सेयर 
भर्न पाइने अन्तिम मिति : जेठ ९ गते
भर्नु पर्ने न्युनतम कित्ता : २ लाख कित्ता

अन्य विवरण : 
सिभिल बैंकले आजदेखि १७ लाख ५३ हजार ५९४ कित्ता संस्थापक सेयर लिलामी खुल्ला भएको छ । यसमा बैंकका संस्थापक सेयरधनीका साथै अन्य योग्य व्यक्ति तथा संस्थाले बोलपत्र पेश गर्न सक्नेछन् ।

न्यूनतम १०० रुपैयाँलाई आधार मानेर जेठ ९ गतेसम्म लिलामीको बोलपत्र पेश गर्न सकिनेछ । लगानीकर्ताले न्यूनतम २ लाख कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन पाउनेछन् ।

फारम लिन र बुझाउन पाइने स्थान :
सिभिल क्यापिटल मार्केट, सुन्धारा काठमाडौं ।
प्रकाशित मिति : Thursday, May 09, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal