×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

डिप्रोक्स लघुवित्तले गर्यो कमालको प्रगति, खुद नाफा ६८.७८% वृद्धि हुनुमा यस्ता छन् कारण (विवरणसहित)

काठमाडौं – डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार बैंकले खुद नाफा २८ करोड ७२ लाख ५८ हजार रुपैयाँ कमाएको छ । यो गत वर्षको तुलनामा ६८.७८% ले धेरै हो । गत वर्ष संस्थाले  १७ करोड ७५ लाख ४१ हजार रुपैयाँ मात्र खुद नाफा आर्जन गरेको थियो । 
संस्थाले खुद ब्याज आम्दानी २८.२९% ले बढोत्तरी गरी ५८ करोड ४० लाख २९ हजार रुपैयाँ पुर्याएको छ । गत वर्ष संस्थाले ४५ करोड ४८ लाख ७९ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । यता, सञ्चालन नाफा  पनि ६८.२८% ले बढेर ३८ करोड ७२ लाख ४३ हजार रुपैयाँ पुगेको छ । संस्थाको खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुवै बढेको कारणले गर्दा खुद नाफा पनि वृद्धि भएको देखिन्छ। 
यो तेश्रो त्रैमाससम्ममा  संस्थाले ३ अर्ब ३४ करोड ३१ लाख २१ हजार रुपैयाँ निक्षेप संकलन गरी १० अर्ब ६३ करोड ७ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकको चुक्ता पुँजी  ७७ करोड ३४ करोड १० लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा ६४ करोड २८ लाख १२ हजार रुपैयाँ जम्म भएको छ ।
संस्थाको खराव कर्जा ०.८८% रहेको छ भने प्रतिसेयर आम्दानी ४९ रुपैयाँ ५२ पैसा र प्रतिसेयर नेटवर्थ १६५ रुपैयाँ २७ पैसा छ । गत वर्ष यसै अवधिमा संस्थाको प्रतिसेयर आम्दानी ३३ रुपैयाँ ६४ पैसा रहेको थियो ।

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: