एभरेष्ट इन्स्योरेन्सको ३००% हकप्रद सेयर बिक्री खुल्ला, वैशाख ८ गतेसम्म कायम सेयरधनीले भर्न पाउने


राइट इस्युज :
कम्पनी : एभरेष्ट इन्स्योरेन्स 
हकप्रद सेयर : ३००%
खुल्ला हुने मिति : आज (मंगलबार, जेठ १४ गते)
अन्तिम दिन : असार १६ गते 

विवरण : 
एभरेष्ट इन्सुरेन्सले ३००% हकप्रद सेयर आजदेखि बिक्री खुल्ला भएको छ । कम्पनीले १ः३ अनुपातमा ८२ लाख १९ हजार ४७५ कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो ।  यो हकप्रदमा प्रतिसेयर १०० रुपैयाँका दरले वैशाख ८ गतेसम्म कायम सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् । 

आवेदन दिन सकिने शाखाहरु :
सिद्धार्थ क्यापिटलको केन्द्रीय कार्यालय नक्साल काठमाडौं
एभरेष्ट इन्सुरेन्स कम्पनी, हात्तिसार काठमाडौं तथा सम्पूर्ण शाखा कार्यालयबाट
नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था

कम्पनी प्रोफाइल :
चुक्ता पूँजी : २७ करोड ३९ लाख ८२ हजार ५०० रुपैयाँ
हकप्रद बिक्रीपछि चुक्ता पूँजी :  १ अर्ब ९ करोड ५९ लाख ३० हजार रुपैयाँ पुग्ने
चालु आर्थिक वर्षको तेस्रो त्रैमासको खुद नाफा : ४ करोड १ लाख ६६ हजार रुपैयाँ
प्रतिसेयर आम्दानी : १४ रुपैयाँ ६६ पैसा
प्रतिसेयर नेटवर्थ : २३० रुपैयाँ ७७ पैसा
प्रकाशित मिति : Tuesday, May 28, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal