×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

एक्सेल डेभलपमेन्ट बैंक उकालो लाग्दै, खुद नाफा २.९६% ले वृद्धि

काठमाडौं – एक्सेल डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०७५/७६ को तेश्रो त्रैमसको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार बैंकले खुद नाफा ११ करोड ४४ लाख २९ हजार रुपैयाँ कमाएको रिपोर्ट सार्वजनिक गरेको छ । यो नाफा गत वर्षको तुलनामा २.९६% ले धेरै हो । गत वर्षको तेस्रो त्रैमासमा एक्सेलले ११ करोड ११ लाख २९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
एक्सेलको खुद ब्याज आम्दानी १५.७६%ले बढोत्तरी गरी  २७ करोड १८ लाख ८५ हजार रुपैयाँ पुर्याएको छ । गत वर्ष बैंकले  २३ करोड ४८ लाख ५४ हजार खुद ब्याज आम्दानी कमाएको थियो ।  साथै, सञ्चालन नाफा ६.५९% ले बढेको छ ।  सञ्चालन नाफा १५ करोड २३ लाख ८३ हजारबाट बढाएर १६ करोड २४ लाख ३७ हजार रुपैयाँ पुर्याउन सफल भएको छ ।
 यो तेश्रो त्रैमाससम्ममा बैंकले ६ अर्ब ४६ करोड ५६ लाख २६ हजार रुपैयाँ निक्षेप संकलन गरी ५ अर्ब ९८ करोड ६६ लाख ३५ हजार रुपैयाँ कर्जा विस्तार गर्न सक्षम भएको देखिन्छ । हाल यस बैंकको चुक्ता पुँजी ६९ करोड २६ लाख ७३ हजार रुपैयाँ रहेको छ । रिजर्भ कोषमा २५ करोड ९८ लाख ८५ हजार रुपैयाँ जम्मा भइसकेको छ ।
बैंकले खराब कर्जा पनि १.१८% बाट घटाएर १.०८% मा झारेको छ । प्रतिसेयर आम्दानी २२ रुपैयाँ ३ पैसा (वार्षिक) रहेको एक्सेलको प्रतिसेयर नेटवर्थ भने १३३ रुपैयाँ ७९ पैसा छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: