ह्वातै घट्यो सुनको मूल्य, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ - साताको अन्तिम दिन शुक्रबार सुनचाँदीको मूल्य घटेको छ । बिहिबार प्रति तोला ६० हजार ७ सय मुल्यमा कारोबार भइरहेको छापावाला सुन आज ५ सयले घटेर ६० हजार २ सय मूल्यमा कारोबार भईरहेको छ ।

त्यस्तै गरि चाँदीको १० रुपैयाँले घटेर प्रति तोला ७ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज शुक्रबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ५१ हजार ६ सय १० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य ६ सय १३ रुपैयाँ कायम गरेको छ ।
प्रकाशित मिति : Friday, May 17, 2019

recent

Popular Posts

सिफारिस:

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal