×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

गण्डकी विकास बैंकको खुद नाफा १४.६६% ले वृद्धि, अन्य सुचकको कस्तो छ अवस्था ? (विवरणसहित)

काठमाडौं – गण्डकी विकास बैंकले आर्थिक वर्ष २०७५/७६ को तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार बैंकको खुद नाफा ३९ करोड ३ लाख ५४ हजार रुपैयाँ कमाएको छ । यो नाफा गत वर्षको तुलनामा १४.६६% ले धेरै हो । गत वर्ष बैंकले ३४ करोड ४ लाख ४४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुवै वृद्धि भएको छ । गत वर्ष ७० करोड ५३ लाख ४१ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकले यो त्रैमासमा २१.८९% ले वृद्धि गरी ८५ करोड ९७ लाख ९३ हजार रुपैयाँ पुर्याएको छ । साथै, सञ्चालन नाफा १४.९८% ले बढेर ६० करोड १ हजार रुपैयाँ पुगेको छ । 
यो चैत मसान्तसम्ममा बैंकले २७ अर्ब ४८ करोड ९२ लाख ९९ हजार रुपैयाँ निक्षेप संकलन गरेर २४ अर्ब १९ करोड १८ लाख १३ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकको चुक्ता पुँजी २ अर्ब ७५ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा १ अर्ब ८१ लाख ८५ हजार रुपैयाँ जम्मा भएको छ 
गण्डकीको प्रतिसेयर आम्दानी ७६ पैसाले घटेर १८ रुपैयाँ ९३ पैसा पुगेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १३६ रुपैयाँ ४ पैसा रहेको छ । गत वर्ष यसै अवधिमा बैंकको प्रतिसेयर आम्दानी १५६ रुपैयाँ ६३ पैसा रहेको थियो।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: