गण्डकी विकास बैंक र महालक्ष्मी लाईफ इन्स्योरेन्सबीच सम्झौता, बैंकका सबै शाखाबाट वीमा सेवा लिन सकिने

काठमाडौँ - गण्डकी विकास बैंक र महालक्ष्मी लाईफ इन्स्योरेन्सबीच बीमा सेवा दिने सम्बन्धमा सम्झौता भएको छ । सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रेशम बहादुर थापार इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले हस्ताक्षर गरे ।

सम्झौता अनुसार गण्डकी विकास बैंकले देश भर रहेका आफ्ना ७७ शाखाहरुबाट महालक्ष्मी लाईफ इन्स्योरेन्सको जीवन बीमा योजनाहरु बिक्री गर्नेछ।

महालक्ष्मी लाईफ इन्स्योरेन्सले साबधिक बीमा योजना,डबल साबधिक बीमा योजना र लगानी फिर्ता बीमा योजना सार्वजनिक गर्दै आएको छ । साथै, कारोबार प्रारम्भ गरीपूर्व मेची देखि पश्चिम महाकाली सम्म २२ वटा शाखाहरूबाट कारोबार प्रारम्भ गरिसकेको छ।
प्रकाशित मिति : Sunday, May 12, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal