गरिमा विकास बैंक र महालक्ष्मी लाईफ इन्स्योरेन्सबीच सम्झौता, बैंकका सबै शाखाबाट जीवन वीमा सेवा लिन सकिने

काठमाडौँ - गरिमा विकास बैंक लिमिटेड र महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडबीच सेवा प्रदान गर्ने सम्बन्धमा सम्झौता भएको छ ।

बिहीबार आयोजित कार्यक्रममा गरिमा विकास बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकाल र महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

सो सम्झौता पश्चात गरिमा विकास बैंक लिमिटेडका ग्राहकहरुले विकास बैंकका सम्पूर्ण शाखा कार्यालयबाट महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडको बीमा पोलिसी खरिद गर्न सक्ने छन् ।
प्रकाशित मिति : Thursday, May 23, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal