ह्वातै बढ्यो सुनको मूल्य, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ - साताको अन्तिम दिन शुक्रबार सुनचाँदीको मूल्य बढेको छ । बिहिबार प्रति तोला ५९ हजार ५ सय मुल्यमा कारोबार भइरहेको छापावाला सुन आज १ हजार ५ सयले बढेर प्रति तोला ६१ हजार मूल्यमा कारोबार भईरहेको छ ।

त्यस्तै गरि चाँदीको मूल्य पनि ५ रुपैयाँले बढेर प्रति तोला ७ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज शुक्रबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ५२ हजार ३ सय रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य ६ सय ४ रुपैयाँ ५ पैसा कायम गरेको छ ।
प्रकाशित मिति : Friday, May 31, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal