बाग्लुङ्ग बसपार्कमा ग्रीन डेभलपमेन्ट बैंकको नयाँ शाखा सञ्चालन

 बाग्लुङ्ग
काठमाडौँ - ग्रीन डेभलपमेन्ट बैंङ्कले पोखरा महानगरपालिका २, बाग्लुङ्ग बसपार्कमा शाखा खोलेको छ । पोखरा महानगरपालिका वडा नं २ का अध्यक्ष रामेश्वर मल्ल, बैंङ्कका अध्यक्ष गणेशकुमार श्रेष्ठ र बैंङ्कका शेयरधनी दिपशंकर श्रेष्ठले संयुक्त रुपमा शाखा उद्घाटन गरेका हुन् ।

सो अवसरमा वडा अध्यक्ष मल्लले वडाका विभिन्न आर्थिक गतिविधिहरुमा बैंङ्कसँग सहकार्य गरी अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

बैंङ्कका अध्यक्ष गणेशकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा बैंङ्कका प्रमुख कार्यकारी अधिकृत उमेशकुमार आचार्य तथा बैंङ्कका संस्थापक शेयरधनी दिपशंकर श्रेष्ठले बैंङ्कको भावी योजनाका बारेमा प्रकाश पारेका थिए ।
प्रकाशित मिति : Monday, May 13, 2019

recent

Popular Posts

सिफारिस:

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal