जीवन विकास लघुवित्तका बजार प्रतिनिधिमाथि गोली प्रहार, स्थिती तनावग्रस्त !

काठमाडौं - धरानमा एक लघुवित्त वित्तीय संस्थाका कर्मचारीमाथि गोली प्रहार भएको छ । धरानको साउने भन्ने ठाउँमा जीवन विकास लघुवित्तका बजार प्रतिनिधि शम्भुप्रसाद गच्छदारमाथि गोली प्रहार भएको हो ।

गम्भीर घाइते उनको धरानकै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको धरानका इन्सपेक्टर अशोक जबेगुले जानकारी दिए । घटनाबारे जानकारी पाएपछि प्रहरी घटनास्थल पुगेको छ । गोली हान्ने समूहको पहिचान नभएको प्रहरीको भनाइ छ ।
प्रकाशित मिति : Sunday, May 26, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal