×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

गुराँस लाइफ इन्स्योरेन्सले गर्यो आकर्षक प्रगति, खुद नाफा ४१.०३% ले वृद्धि

काठमाडौं – गुराँस लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७५/७६ को तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार कम्पनीले खुद नाफा ५ करोड ६५ लाख ८८ हजार रुपैयाँ कमाएको छ । यो नाफा गत वर्षको तुलनामा ४१.०३% ले धेरै हो ।  गत वर्ष यसले ४ करोड १ लाख २४ हजार रुपैयाँ मात्र खुद नाफा कमाएको थियो । 
 गुराँसको खुद बिमा शुल्क २६.१४% ले बढेर १ अर्ब १२ करोड १ लाख ६२ हजार रुपैयाँ पुगेको छ । गत वर्ष खुद बिमा शुल्क ८८ करोड ७९ लाख ७९ हजार रुपैयाँ थियो । चैत मसान्तसम्म यस इन्सुरेन्सले २१ करोड ६५ लाख ८७ हजार रुपैयाँ बराबरको खुद दाबी भुक्तानी गरेको छ । भुक्तानी हुन बाँकी दाबी रकम भने ५६ लाख ७० हजार रुपैयाँ रहेको छ । 
कम्पनीको चुक्ता पुँजी ८४ करोड १५ लाख २० हजार रुपैयाँ रहेको छ भने जगेडा कोष २३ करोड १७ लाख ३० हजार रुपैयाँ जम्मा भएको छ । जीवन बिमा कोष ३५.०८% ले वृद्धि गरी ५ अर्ब २१ करोड ८१ लाख ४७ हजार रुपैयाँ पुगेको छ । गत वर्ष बिमा कोषमा ३ अर्ब ८६ करोड २९ लाख ४८ हजार रुपैयाँ थियो । प्रतिसेयर आम्दानी ११ रुपैयाँ ७६ पैसा रहेको गुराँस लाइफको प्रतिसेयर नेटवर्थ १४१ रुपैयाँ ४१ पैसा छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: