गोर्खाज फाइनान्सको खुद नाफा ६ करोड ३५ लाख ३५ हजार रुपैयाँ, प्रति सेयर आम्दानी कति ?


काठमाडौं - गोर्खाज फाइनान्सले चालु आर्थिक वर्षको तेश्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।सार्वजनिक गरेको विवरण अनुसार फाइनान्सको खुद नाफा ६ करोड ३५ लाख ३५ हजार रुपैयाँ पुर्याएको छ ।गत वर्ष फाइनान्सले ५१ लाख ६ हजार रुपैयाँ मात्र खुद नाफा कमाएको थियो ।

फाइनान्सको खुद ब्याज आम्दानी ११ करोड ६२ लाख २२ हजार रुपैयाँ कमाएको छ । यो खुद ब्याज आम्दानी गत वर्षको तुलनामा पनि १२.९५% ले कम हो । गत वर्ष फाइनान्सले १३ करोड ३५ लाख २५ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । यता, चैत मसान्तसम्म यो फाइनान्स १२ लाख ३९ हजार रुपैयाँ सञ्चालन नोक्सानमा रहेको छ । गत वर्ष पनि ९ लाख ३६ हजार रुपैयाँ सञ्चालन नोक्सानी रहेको थियो । 

चैत मसान्त सम्म फाइनान्सको चुक्ता पुँजी ८६ करोड ७९ लाख ९४ हजार रुपैयाँ रहेको छ । जगेडा कोष यस अवधिमा ७.९४% ले बढेर ३५ करोड २० लाख ३२ हजार रुपैयाँ पुगेको छ । गत वर्ष फाइनान्सको जगेडा कोषमा ३२ करोड ६१ लाख २० हजार रुपैयाँ रहेको थियो । यस अवधिमा फाइनान्सले ५ अर्ब ८२ करोड ३२ लाख रुपैयाँ निक्षेप संकलन गरेर ५ अर्ब १५ लाख ८६ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

फाइनान्सको खराब कर्जा  ४.८९ पैसा रहेको छ भने प्रतिसेयर आम्दानी ७ रुपैयाँ ७६ पैसा र प्रतिसेयर नेटवर्थ १४० रुपैयाँ ५६ पैसा रहेको छ ।

प्रकाशित मिति : Thursday, May 02, 2019

recent

Popular Posts

सिफारिस:

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal