×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

हिमालयन बैंकको खुद नाफा २ अर्ब १ करोड ४० लाख ७५ हजार रुपैयाँ, प्रतिसेयर आम्दानी कति ?

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २९ बैशाख २०७६, आईतवार

PRIME CA
laxmi sunrise bank

हिमालयन बैंकको खुद नाफा २ अर्ब १ करोड ४० लाख ७५ हजार रुपैयाँ, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं – हिमालयन बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार बैंकको खुद नाफा १०.२३% ले वृद्धि गरी २ अर्ब १ करोड ४० लाख ७५ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।  गत वर्ष यहि अवधिमा बैंकको खुद नाफा १ अर्ब ८२ करोड ७० लाख २७ हजार रहेको थियो । 
बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा १७.१८% र ३२.४९% ले वृद्धि भएको छ । बैंकले खुद ब्याज आम्दानी ३ अर्ब ७५ करोड ३४ लाख ३५ हजार रुपैयाँ पुर्याएको छ भने सञ्चालन नाफा पनि २ अर्ब ८६ करोड ५४ लाख ७५ हजार पुर्याएको छ ।
यो तेश्रो त्रैमाससम्ममा बैंकले १ खर्ब ८ अर्ब ५८ करोड २१ लाख ७ हजार रुपैयाँ निक्षेप संकलन गरी ९३ अर्ब ७७ करोड ५३ लाख ५६ हजार रुपैयाँ कर्जा लगानी गरेको छ ।  बैंकको चुक्ता पुँजी ८ अर्ब ५२ करोड २ लाख ५५ हजार रुपैयाँ छ । जगेडा कोषमा ५ अर्ब १९ करोड ९ लाख ६० हजार रुपैयाँ जम्मा गरेको छ। 
यता, बैंकको खराब कर्जा १.३१% रहेको छ भने प्रतिसेयर आम्दानी ३१ रुपैयाँ ५२ पैसा र प्रतिसेयर नेटवर्थ १७९ रुपैयाँ १७ पैसा छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: