×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

हिमाल दोलखा हाइड्रोपावरको १६ लाख कित्ता आइपीओ बिक्री खुला, कहाँ जाने भर्न ?

आइपिओ नोटिस :
कम्पनी : हिमाल दोलखा हाइड्रोपावर कम्पनी
कित्ता : १६ लाख कित्ता
खुला भएको मिति : आज (मंगलबार, जेठ १४ गते)
भर्ने अन्तिम मिति : जेठ २८ गते
प्रति कित्ता मूल्य : १०० 
विवरण : 
हिमाल दोलखा हाइड्रोपावर कम्पनीले स्थानीय बासिन्दाका लागि १६ लाख कित्ता आइपीओ आजदेखि बिक्री खुल्ला भएको छ । उक्त आइपिओमा लगानीकर्ताले १०० रुपैयाँ अंकित मूल्यमा जेठ १४ गतेदेखि जेठ २८ गतेसम्म आवेदन आवेदन दिन सकिनेछ । यो समयमा आइपीओ बिक्री नभएमा असार १३ गतेसम्म बिक्री खुल्ला हुने कम्पनीले जनाएको छ ।
आयोजनाको अति प्रभावित क्षेत्र इलाम जिल्लाको इलाम नगरपालिका वडा नं ९, १० र माई नगरपालिका वडा नं ९ का बासिन्दा तथा आयोजना प्रभावित क्षेत्र इलाम जिल्लाका स्थानिय बासिन्दाले यस आइपीओमा आवेदन दिन सक्नेछन् । हिमाल दोलखाले जारी गर्न लागेको आइपीओमा छिटोमा जेठ २८ गतेसम्म आवेदन दिन सकिन्छ ।


आवेदन दिन सकिने शाखाहरु :
ग्लोबल आइएमई क्यापिटल
 लक्ष्मी बैंक (चोक बजार–इलाम), एभरेष्ट बैंक (फिक्कल–इलाम), 
सिद्धार्थ बैंक (इलाम), सेन्चुरी बैंक (भानुपथ–इलाम), 
ग्लोबल आइएमई बैंक (फिक्कल–इलाम),  माछापुच्छ्रे बैंक (इलाम), 
एसबीआई बैंक (इलाम) र आयोजना स्थल इलाम नगरपालिका वडा नं ९ र १० बाट आवेदन दिन सकिने । 
नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था ।
कम्पनी प्रोफाइल :
जारी पुँजी : १ अर्ब ६० करोड रुपैयाँ
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: