हिमालय उर्जा विकास कम्पनीको सेयर कारोबार खुला, कति पायो ओपन रेन्ज ?

काठमाडौं - हिमालय उर्जा विकास कम्पनीको सेयर कारोबार खुला भएको छ । नेप्सेले कम्पनीको पहिलो सेयर कारोबारका लागि ९८ रुपैयाँ ३६ पैसादेखि २९५ रुपैयाँ ८ पैसा रेन्ज दिएको छ । कम्पनीले सेयर कारोबारका लागि ‘एचयुआरजेए’ संकेत पाएको छ । 

कम्पनीले आफ्नो चुक्ता पुँजीका आधारमा कायम हुने कुल ९९ लाख कित्ता सेयर मंगलबार सूचीकृत गराएको हो । यसमा हालै सर्वसधारणलाई बिक्री गरेको १४ लाख ८५ हजार कित्ता आइपीओ पनि समेटिएको छ ।
प्रकाशित मिति : Wednesday, May 22, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal