×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

आइएमई जनरल इन्स्योरेन्सले गर्यो ५% बोनस सेयर दिने घोषणा, बोनसमा लाग्ने करको झन्झट सेयरधनीलाई !

काठमाडौं – आइएमई जनरल इन्स्योरेन्सले ५% बोनस सेयर दिने घोषणा छ । कम्पनीको बिहीबार बसेको सञ्चालक समिति ७७ औँ बैठकले आर्थिक वर्ष २०७४/७५ को मुनाफाबाट ५% बोनस सेयर दिने निर्णय गरेको हो । उक्त बोनसमा लाग्ने कर भने सम्बन्धित सेयरधनी आफैले व्यहोर्नुपर्ने कम्पनीले जनाएको छ ।
हाल कम्पनीको चुक्ता पुँजी ९७ करोड २० लाख रुपैयाँ रहेको छ। प्रस्तावित बोनसपछि यसको चुक्ता पुँजी १ अर्ब २ करोड ६ लाख रुपैयाँ पुग्नेछ ।
यो प्रस्ताव नियामक बिमा समिति बाट स्वीकृत भएपछि र कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि कार्यान्वयनमा आउनेछ । हेर्नुहोस् कम्पनीले नेपाल स्टक एक्सचेन्जलाई लाभांश घोषणा गरिएको बारे गराएको औपचारिक जानकारी जस्ताको त्यस्तै :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: