×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

आईएमएस् ग्रुप २७औं वर्षमा, ४ सय कर्मचारीको ट्यालेन्ट शो

काठमाडौँ – आईएमएस् ग्रुप स्थापनाको २७औं वर्षमा प्रवेश गरेको छ । सामसुङ र कोरियन गाडी स्याङ्योङ मोटर्स तथा अन्य अन्तर्राष्ट्रिय ब्राण्डहरुका नेपालस्थित एकमात्र आधिकारिक बिक्रेता, आईएमएस् ग्रुप अन्तर्गत बीस भन्दा बढी कम्पनीहरु रहेका छन् । आईएमएस् ग्रुपले वैशाख २० गते राजधानीको होटल अन्नपूर्णमा २७ औं वार्षिकोत्सव मनाएको हो ।
उक्त कार्यक्रम ग्रुपका अध्यक्ष दीपक मलहोत्रा, कम्पनीका डिरेक्टर विमल सावर्थिया, ग्रुपका प्रेसिडेण्ट सिइओ डिकेश मलहोत्रा, मलहोत्रा तथा सावर्थिया परिवार, अन्य अथिति लगायत ४ सय भन्दा बढी कर्मचारी सहभागिता थियो ।
कार्यक्रममा ग्रुपका कर्मचारीद्वारा ट्यालेन्ट शो, मनोरञ्जनात्मक खेल, हाजिरी जवाफ प्रतियोगिता प्रदर्शन गरिएको थियो भने विजयी कर्मचारीहरुलाई पुरस्कार पनि वितरण गरिएको थियो । त्यसैगरी, केही कर्मचारीहरुले विभिन्न विधा अन्तर्गत उत्कृष्ट एवम् उल्लेखनीय कार्य सम्पादन गरे बापत पुरस्कृत पनि गरिएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै दीपक मलहोत्राले ग्रुप सबै कर्मचारीहरुले लगनशीलता एवम् इमानदारिताका साथ आफ्नो कार्य गरेकोले नै ग्रुपले २७औं बसन्त सफलताका साथ प्रवेश गरेको बताए ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: