ज्योति विकास बैंकले गर्यो प्रगति, खुद नाफा २८.३१% ले वृद्धि गरी कमायो २८ करोड ५३ लाख ८५ हजार रुपैयाँ !


काठमाडौं - ज्योति विकास बैंकले आर्थिक वर्ष २०७५/७६ को तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार बैंकले खुद नाफा २८.३१% ले बढेर २८ करोड ५३ लाख ८५ हजार रुपैयाँ कमाएको छ । गत वर्ष यहि अवधिमा बैंकले २२ करोड २४ लाख १० हजार रुपैयाँ मात्र खुद नाफा कमाएको थियो ।

बैंकको खुद ब्याज आम्दानी ५०.९३% ले बढोत्तरी गरी ८० करोड ९ लाख ९८ हजार रुपैयाँ पुर्याएको छ । गत वर्ष बैंकले ५३ करोड ६ लाख ८० हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।  सञ्चालन नाफा ३१.१७% वृद्धि भएको छ । सञ्चालन नाफा पनि ३४ करोड १३ लाख १६ हजार रुपैयाँबाट बढेर ४४ करोड ७७ लाख ३२ हजार पुगेको छ ।

यो चालु मसान्तसम्ममा बैंकले २७ अर्ब २० करोड ७५ लाख ८९ हजार निक्षेप संकलन गरी २३ अर्ब ९० करोड ६४ लाख ५१ हजार कर्जा लगानी गरेको छ । हाल बैंकको चुक्ता पुँजी ३ अर्ब १० करोड ३९ हजार रुपैयाँ छ भने जगेडा कोषमा ६३ करोड ४१ लाख ८५ हजार रुपैयाँ रहेको छ ।

बैंकको खराब कर्जा ०.९२% मा रहेको छ भने प्रतिसेयर आम्दानी १२ रुपैयाँ २७ पैसा र प्रतिसेयर नेटवर्थ १२० रुपैयाँ ४६ पैसा रहेको छ ।



प्रकाशित मिति : Tuesday, May 07, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal