×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

‘पढ्न भनेपछि किन यत्रो ‘महाभारत’ ? सबैको भलोका लागि तीन महिने परिक्षाको नियम ल्याएका हौँ’ (भिडियो अन्तर्वार्ता)

काठमाडौँ । पछिल्लो समय बैंकमा कार्यरत कर्मचारीहरुको क्षमताबारे विभिन्न टिकाटिप्पणी भइरहेका बेला ज्योति विकास बैंकले कर्मचारीको क्षमता जाँच र अभिवृद्धिका लागि भन्दै प्रत्येक तीन महिनामा अनलाइन परीक्षा लिने भएको छ । बैंकले यसरी परीक्षा लिने जानकारी सार्वजनिक भएपछि अहिले यो विषयले नेपाली बैंकिङ बजार तरंगित मात्र भएको छैन, यस विषयमा विभिन्न खाले टिका टिप्पणीसमेत सुरु भएको छ । के यस्तो परिक्षाले कर्मचारीको क्षमता अभिवृद्धिमा सहयोग पुर्याउला ? वा कर्मचारीले झन् प्रेसर फील गर्लान् ? हामीले यस विषयमा ज्योति बिकास बैंकका प्रमुख कार्यकारी अधिकृतसँग कुराकानी गरेका छौँ । प्रस्तुत छ उनीसँग गरिएको कुराकानीको सम्पादित अंश
१. बैंकका कर्मचारी यसै पनि प्रेसरमा हुन्छन् भनिन्छ । फेरि यो परिक्षा लिने प्रणाली ठिक भयो र ?
यो प्रश्न मलाई केहि शुभचिन्तकहरुले पनि राख्नु भएको हो । तर डाक्टर भएपछि उसले कसरी अपरेशन गर्नुपर्छ भन्ने कुरा बुझ्नुपर्छ । आजको दिनमा बैंकमा कार्यरत कर्मचारीहरुमा पूर्णरुपमा बैंकिङ ज्ञान छैन । उनीहरुले थाहा नपाएका कुराहरु वा अपडेट हुनुपर्ने कुरा धेरै छन् । अव के ट्रेलरलाई क्यास गन्न मात्र जान्ने बनाउने हो त ? होइन नि ! उनीहरुलाई धेरै कुरा सिकाउनुपर्छ । यो कर्मचारीहरुकै बिकासका लागि हो । पढ्नुपर्ने के नै महाभारत छ र ? सबै कुरा पढ्नुपर्ने कुरा डेढ सय पेज पनि छैन । बिबिएसमा पहिलो बर्षको किताब पढेपनि पनि पढ्नु पर्दैन पुरै बैंकङ । अनि यति पढ, म परिक्षा लिन्छु भन्दा कसरी मैले अफेन्स गरें र ? यसले कर्मचारीनै नै कम्पिटिटेन्ट बनाउने हो ।
२. अनि कर्मचारीले पढ्न भ्याउँछन् त ?
किन नभ्याउनु ? सबैभन्दा बढी विदा हुने देश नै नेपाल होला । अझ अहिले त सरकारले केहि बिदा काटेको छ । फोर्स लिभ, क्याजुअल लिभ, अनेक खालका विदा छन् । पढ्छु भन्ने हुनुपर्यो, पढ्न गाह्रो छैन । पढ्ने कुराहरु पनि धेरै छैनन् । बैंकर बन्छु भनेपछि आफ्नो क्षेत्रका बारेमा जान्नु पर्यो । अपडेट हुनुपर्ने कुरामा अपडेट हुनुपर्यो । सीइओले जे अर्हायो त्यहि गर्ने होइन कि, यसो गर त भन्दा यो त फलानो सर्कुलर अनुसार मिल्दैन नि भन्ने हिम्मत राख्नुपर्यो कर्मचारीले । त्यसका लागि पढ्नुपर्यो । मचाहिं मेरा साथीहरुलाई कन्भिन्स गर्छु । परीक्षाको तयारीका लागि हामीले समय पनि दिन्छौं, पढ्ने कुरा पनि दिन्छौं ।
३. परिक्षा नै लिनुचाहिं किने परेको ? परीक्षाको डरले कर्मचारी भाग्दैनन् ?
कर्मचारीहरुलाई हामीले पढ्नु भनेर धेरै कोसिस गर्यौं । ब्रान्च-ब्रान्चमा पढ्न भनेर मेटेरियल दियौं । सर्कुलरहरु पढ्न पटक-पटक भन्यौं । र पनि साथीहरुले पढाइमा खास ध्यान दिएको पाइएन । अव परिक्षा नै लिन्छु भनेपछि त साथीहरुले पढ्लान् भन्ने हो । जहाँसम्म कर्मचारीको टर्नओभर हुन्छ कि भन्ने प्रश्न छ, सबै कुरा जान्ने भएपछि कर्मचारी यसै पनि अन्त जान्छन् भन्ने कुरा मलाई थाहा छ । यसै त जान्छन्, त्यसमाथि सबै कुरा जान्ने भएपछी बजारले उसलाई कति सजिलै लिन्छ भन्ने पनि हामीलाई थाहा छ । तर अन्त जाँदा पनि इज्जतका साथ जाओस् । ज्योति बिकास बैंकमा काम गरेको कर्मचारी त कति कम्पिटिटेन्ट रहेछन् भन्ने मेसेज बाहिर जाओस् । त्यसले फेरि हामीलाई नै राम्रो गर्छ । समग्र कर्मचारीलाई राम्रो गर्छ । केहि समय मलाई गाह्रो होला, तर यसले समग्र बैंकिङ क्षेत्रलाई निकै राम्रो छ ।
४. इमान्दार भएर भनिदिनुहोस् त यसमा कर्मचारीको यसमा रेस्पोन्स के छ ?
साथीहरुलाई परिक्षा दिनुपर्यो भनेपछि एउटा झन्झट भयो भन्ने त छ । तर म कन्भिन्स गर्छु । ट्रेलरलाई अन्य विभागको परिक्षा लिने होइन । जे काम गरिरहेको हो, त्यहि परिक्षा लिने हो पहिलोपटक । हामीले उतिर्ण अंक ५० राखेका छौं । अव आफुले काम गरिरहेको विषयमा ५० प्रतिशत पनि ज्ञान भएन भने त कसरी चुप लागेर बस्न सकिन्छ त ?
५. कर्मचारी फेल भयो भने के हुन्छ ?
फेल भयो भने फेरि परिक्षा दिन्छ कर्मचारीले । एक पटक फेल भएपछि कर्मचारीलाई दुख लाग्छ । त्यसैले पनि उसले पढ्छ । मलाई मैले गरिरहेको कामको ५० प्रतिशत पनि थाहा छैन, अनि मलाई प्रमोसन चाहियो भन्ने कुरा कतिको जायज हो ? यस्तो हुन सक्दैन । परिक्षा लिएर कर्मचारीहरुको क्षमता अभिवृद्धि गर्ने नै हो । 
हेरौँ यो भिडियो रिपोर्ट :

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: