×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

राजीव जैनले पाएको सिभिल बैंकको चेक नै नक्कली, सक्कली नै भएको भएपनि यसकारण साटिदैनथ्यो !

काठमाडौँ । को बन्छ करोडपतिमा राजीव जैनले एक करोड रुपैयाँ जितेका छन् । उनी यो संस्करणका पहिलो करोडपति हुन् । ‘२००७ सालको प्रजातन्त्र पछिको पहिलो ऐतिहासिक चुनाव कहिले घोषणा गरिएको थियो ?’ भन्ने प्रश्नको उत्तर मिलाएर उनी करोडपति बनेका हुन् । दिइएका ४ अप्सनमध्ये पहिलो अप्सनलाई चुनेका उनले अन्तत: एक करोड रुपैयाँ जितेका हुन् ।
सानैदेखि निकै मेधावी जैनले एमबिए गरेका छन् । एक वा दुइ पटक हेर्दैमा फोन नम्बरसमेत कण्ठ गर्ने राजीवले को बन्छ करोडपतिमा हरेकजसो प्रश्नमा आफ्नो लजिकसहित उत्तर दिएका थिए । ३ लाख २० हजार रुपैयाँ जितीसकेपछी कि एक करोड जित्छु कि ३ लाख ५० हजार लिएर जान्छु भन्ने घोषणा कार्यक्रममै गरेका उनी अन्तत एक करोड रुपैयाँ जितेका हुन् । आफ्ना परिवारका सबैजसो सदस्यको उपस्थितिमा को बन्छ करोडपति खेल खेलेका उनलाई एक करोड रुपैयाँ जितेपछि नेपाली ढाका टोपी, टिका, खदा र एक करोड रुपैयाँको सिभिल बैंकको चेकले सम्मान गरिएको छ । तर ब्राण्डीङका नाममा यथार्थभन्दा निकै बाहिर गएर डिजाइन गरिएको चेकका कारण बैंकिङ बुझेकाहरुले भने आयोजकको आलोचना गरिरहेका छन् । किनकि को बन्छ करोडपति कार्यक्रममा एक करोड रुपैयाँ जितेका जैनलाई दिइएको चेक भने नक्कली हो ।
चेक नक्कली, सक्कली नै भएको भएपनि यसकारण साटीदैनथ्यो !
को बन्छ करोडपतिमा चेक त देखाईएको छ, तर उक्त चेकमा चेकमा अनिवार्य रुपमा हुनुपर्ने चेक कोड नै छैन । चेक कोड नै नभएको चेक नक्कली हुने प्रावधान छ । बैंकिङ साक्षरतामा ठुलो रकम खर्च भइरहेका बेला यो कार्यक्रमले गरेको चेक डिजाइनले गलत असर जान्छ कि शंका जानकारहरुले राखेका छन् । उक्त चेकमा चेक कोडमात्र होइन चेक नम्बर पनि छैन । चेकमा अक्षरमा रकम नेपालीमा लेखिएको देखाईएको छ भने अंकमा अंग्रेजीमा लेखेको देखाइएको छ । tत्यसमाथि चेकमा खाता नम्बर पनि छैन । त्यसैले यो चेक सक्कली नै भएको भएपनि साटिने थिएन ।  झट्ट हेर्दा यो सब रमाइलोका लागि गरिएको जस्तो देखिन्छ र हो पनि । तर को बन्छ करोडपति निर्माता कम्पनी वा एपीवान टिभीकै नामको चेक प्रस्तुत गरिएको भए कार्यक्रम अझै यथार्थपरक हुन्थ्यो कि भन्ने भनाइ जानकारहरुले राखेका छन् । अर्कोतर्फ चेक लेख्दा मिलाएर लेखेको भए त्यसले बैंकिङ साक्षरतामा पनि मद्धत पुग्ने थियो । अर्कोपटकदेखि यो कुरामा आयोजकले ध्यान दिए राम्रै हुन्थ्यो कि ? भारतको कौन बनेगा करोडपतिमा बैंकको नाम र चेक कोड (जसलाई ब्लर गरिएको छ) प्रस्तुत गरिएको छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: